• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पारसको डेब्यु खेलमा बनेको ५ रोचक तथ्य
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ११, २०७७ खेलपाटी संवाददाता
पारसको डेब्यु खेलमा बनेको ५ रोचक तथ्य

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले १६ वर्ष अघि आजकै दिन राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

त्रिवि क्रिकेट मैदानमा सन् २००४ अप्रिल २३ का दिन पारसले सिनियर टिममा डेब्यु गरेका थिए । आईसीसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले डेब्यु गरेका हुन् ।

आईसीसी अन्तरमहादेशीय कपबाट डेब्यु गरेपनि पारसले १६ वर्षे करियरमा पारसले २ प्रथम श्रेणीको क्रिकेट मात्र खेलेका छन् ।

लामो समयबाट आईसीसी अन्तरमहादेशीय कपमा छनोट हुन नसक्दा र घरेलु क्रिकेटमा लामो फर्म्याटको क्रिकेट नहुँदा नेपाल त्यसबाट बन्चित हुँदै आएको छ ।

आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएसँगै नेपाल पुन: अन्तरमहादेशीय कपमा छनोट भएको छ । तर, आईसीसीले अन्तरमहादेशीय कपलाई विस्थापित गर्ने जनाएको छ ।

डेब्यु खेलमा पारसले ४४ रन र एक विकेट लिएका थिए । जुन खेल नेपालले ९ विकेटले जितेको थियो । नेपालको पहिलो प्रथम श्रेणीको जित पनि त्यहीँ थियो ।

पारसले सिनियर टिममा डेब्यु गर्दा बनेको ५ रोचक तथ्यलाई तल व्याख्या गरिएको छ ।

१. घरेलु मैदानमा पहिलो प्रथम श्रेणी

नेपालले सन् २००४ मा सारजाहमा युएईविरुद्ध खेल्दै पहिलो श्रेणीको क्रिकेटमा डेब्यु गरेको थियो । नेपालले आईसीसी अन्तरमहादेशीय कपमा युएई र मलेसियासँग प्रथम श्रेणीको क्रिकेट खेल्ने मौका पाएको थियो ।

दुई खेल मध्ये युएईसँग नेपालले बराबरी खेलेको थियो भने मलेसियालाई पराजित गर्न सफल भएको थियो । युएईसँग नेपालले उसैको मैदान सारजाहमा खेलेको थियो भने मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेलेको थियो । नेपालले पहिलो पटक त्रिवि मैदानमा प्रथम श्रेणीको क्रिकेट खेलेको थियो ।

प्रतियोगितामा एक जित र एक बराबरी खेलेपनि सेमिफाईनल पुग्न भने नेपाल असफल भएको थियो ।


२. विकास दलीको डेब्युसँगै अन्तिम खेल

मलेसियाविरुद्ध नेपालका दुई खेलाडीले प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए । पारस खड्कासँगै विकास दलीले सिनियर क्रिकेटमा डेब्यु गरे ।

डेब्यु खेलमा विकासले पहिलो इनिङमा १२ बलमा ५ रन बनाएर आउट भएका थिए । यस्तै दोस्रो इनिङमा उनी ४ बलमा २ रन बनाउदै अविजित रहेका थिए ।

विकाससँगै डेब्यु गरेका पारस हालसम्म क्रिकेटमा सक्रिय छन् र सफल समेत छन् । तर, पारससंगै डेब्यु गरेका विकासले भने मलेसियाविरुद्धको प्रथम श्रेणी क्रिकेट बाहेक कुनै खेलमा नेपालको जर्सी लगाउने मौका पाएनन् ।

केही समय राष्ट्रिय क्रिकेट टिमको वैकल्पिक खेलाडीमा रहे पनि उनले सुरुवाती-११ मा स्थान बनाउन सकेनन् । बिस्तारै उनलाई राष्ट्रिय टिमले बिर्सदै गयो ।

३. तीन खेलाडीको अन्तिम खेल

पारस खड्काले डेब्यु गरेको खेलमा विकास बाहेक अन्य ३ खेलाडीको लागि समेत अन्तिम प्रथम श्रेणी क्रिकेट बन्यो । नेपालका पूर्व कप्तान राजु खड्का, विकेटकिपर मनोज कटुवाल र सन्जम रेग्मीले अन्तिम पटक प्रथम श्रेणीको क्रिकेट खेले ।

४. दुई खेलाडी प्लेअर अफ दि म्याच

मलेसियाविरुद्धको प्रथम श्रेणीमा नेपालले जित हात पार्दा नेपालका २ खेलाडीले प्लेअर अफ दि म्याच अवार्ड जितेका थिए ।

खेलमा नेपाललाई ऐतिहासिक जित दिलाउन ठुलो भूमिका खेलका शक्ति गौचन र महबुब आलमले प्लेअर अफ दि म्याच हात पारे ।

शक्ति गौचनले पहिलो इनिङमा सर्वाधिक ६९ रनको अविजित इनिङ्स खेल्दा दोस्रो इनिङमा बलिङ गर्दा १ विकेट हात पारे । यस्तै महबुबले दुवै इनिङमा समान ३/३ विकेट हात पार्दा ब्याटिङतर्फ २२ र १५ रन बनाएका थिए ।

५. प्रथम श्रेणीमा पहिलो जित

मलेसियालाई ९ विकेटले पराजित गर्दा नेपालले घरेलु भूमिमा पहिलो पटक प्रथम श्रेणीको क्रिकेटमा जित निकालेको थियो । त्यसअघि नेपालले युएईसँग सारजाहमा बराबरी खेलेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP