• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोरोना कहर – खेलाडीलाई लय गुम्ने चिन्ता
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ११, २०७७ खेलपाटी संवाददाता
कोरोना कहर – खेलाडीलाई लय गुम्ने चिन्ता

अनिश भट्टराई

पोखरा । विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन देश पछिल्लो एक महिनादेखि लकडाउनमा छ ।

घर बाहिर समेत निस्कन नपाएपछि सबै क्षेत्र प्रभावित छ । खेलकुद जगतले पनि हलचल गर्न पाएको छैन, एक हिसाबमा लकडाउनकै अवस्थामा छ । खेलाडीको दैनिकी र प्रतियोगिताको तालिका प्रभावित बनेका छन् ।

आपतकालिन रुपमा देशमा लकडाउन लागु हुदाँ अन्तिम चरणमा पुगेका प्रतियोगिता रोक्नु पर्यो। चर्चित फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमिएर लिग (इपीएल) स्थगित बन्यो । बी डिभिजन लिग फुटबल बिचैमा रोकियो ।

लकडाउनका कारण प्रतियोगिता रोकिदा खेलाडी मारमा परेका छन् । खेलाडीलाई शारीरिक तन्दुरुस्ती कायम गर्न समेत समस्या परेको छ । खेलाडीलाई आफ्नो लय गुम्ने चिन्ता थपिएको छ ।

यही डर राष्ट्रिय क्रिकेट टिमका खेलाडी शेर मल्ललाई पनि छ । लकडाउन खुलेको केही समयको अन्तरालमा मात्र प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने उनी बताउँछन् ।

शारीरिक तन्दुरुस्ती कायम राख्न आवश्यक सामाग्री सबै खेलाडीसँग नहुदाँ लकडाउन खुले लगत्तै लयमा आउन गाह्रो हुने उनी बताउँछन् ।

‘अहिले खेलाडी सबै खेलबाट टाढा छौँ । सबैसंग फिटनेसका लागि आवश्यक पर्ने सामग्री नभएको हुन सक्छ ।’ मल्लले खेलपाटीसँग भने, ‘त्यसैले लकडाउनको अवस्थामा पूर्ण रुपमा फिट भईदैन । धेरै समय खेलबाट टाढा रहेको अवस्थामा सबैलाई गति कायम गर्न गाह्रो पर्छ ।’

मल्लले कोरोनाका कारण पूर्वनिर्धारित प्रतियोगिता स्थगित हुदाँ खेलाडीको करियरमै क्षति पुग्ने उल्लेख गर्छन् ।

घरेलु प्रतियोगिताले राष्ट्रिय टिमको ढोका खोल्न मद्धत पुग्ने भएकाले लकडाउनले अवरोध सिर्जना गर्ने उनको बुझाई छ ।

‘घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिममा पर्ने सबै खेलाडीको लक्ष्य हुन्छ । कोरोनाले प्रतियोगिता हुन पाएन । खेलाडीको करियरमा धक्का लाग्न सक्छ ।’ उनले भने ।

उनले लकडाउनको समयमा दिन बिताउन सकस भईरहेको बताउँछन् ।

‘दिन कसरी बिताउने भन्ने चिन्ता छ ।’ उनले सुनाए ।

यु–१९ टिमका अर्का महत्वपूर्ण सदस्य सागर ढकाल कोरोनाको प्रकोप चाँडै सकिएर क्रिकेट पुर्ववत अवस्थामा फर्कनेमा आशावादी छन् ।

‘क्रिकेट नखेलेर बस्दा दिक्कै लाग्न थालिसक्यो । छिट्टै कोरोनाको कहर सुल्झिएर क्रिकेटका गतिविधि सुरु भए हुन्थ्यो जस्तो लागेको छ ।’ उनले भने ।

आफुलाई फिट राख्न घरमै सामान्य अभ्यास गरेको उनले बताए ।

इपीएल जस्ता प्रतियोगिता स्थगित हुदाँ खेलाडीको मनोबलमा कमी आएको उनी सुनाउँछन् । कोरोनाको प्रकोप सकिने बित्तिकै धेरै प्रतियोगिताको आयोजना गर्नुपर्ने ढकाल सुझाव दिन्छन् ।

‘फ्रेन्चाइज लिगहरु स्थगित हुदाँ खेलाडीमा मनोवल घटेको छ ।’, ढकालले भने, ‘क्यानले कोरोना प्रकोप रोकिएपछि जति सक्दो धेरै प्रतियोगिता गर्न आवश्यक छ ।’

ढकालले आफु फिट रहन घरमै अभ्यास गरिरहेको बताए ।

‘लकडाउनको लागु गरिएको छ । घर बाहिर जान जोखिम हुन्छ । अभ्यास त गर्नै प¥यो । घरमै पनि सामान्य अभ्यास गर्न सकिन्छ । अभ्यासलाई निरन्तरता दिइरहेको छु ।’ ढकाल थपे, ‘आफ्नो आत्मविश्वास गुमाउनु भएन । खेल्न सुरु गरेपछि लय समात्न सक्नुपर्छ ।’

ढकालले अहिले कोरोनाका कारण कुनै खेलाडीमा आर्थिक समस्यामा परेको हुन सक्ने भएकाले क्रिकेट संघले बुझेर सहयोग गर्नुपर्ने विचार व्यक्त गर्छन् । आर्थिक रुपमा कमजोर भएका खेलाडीलाई राहतको आश हुने भएकाले क्यानले बुझ्नु पर्ने उनको भनाई छ ।

अर्का खेलाडी अनिल खरेल करियरमै पहिलो पटक एभरेष्ट प्रिमिएर लिग खेल्न तयारीमा थिए । उनी आफुलाई प्रमाणित गर्न पनि निकै आतुर थिए । तर कोरोनाले उनको रहर पुरा हुन पाएन । उनले इपीएलका तयारी गरिरहेको समयमा प्रतियोगिता स्थगित भएपछि निराश भएको सुनाए ।

‘करियरमै पहिलो पटक हजारौँ दर्शक अगाडी ईपीएल खेल्न आतुर थिए । तयारी चल्दै गर्दा प्रतियोगिता स्थगित भयो । अब कहिले हुने हो निश्चित छैन ।’ उनले भने ।

खरेलले घरमै फिटनेसका उपाय अपनाए पनि प्रभावकारी नभएको अनुभव सुनाउँछन् ।

‘यसले गर्दा पहिलेको लय गुमाउछु भन्ने डर छ ।’ उनले भने ।

फिटनेसमा खेलाडीले ध्यान दिनुपर्छ – फिजियो

खेलाडीले आफ्नो पुरानो लय गुम्ने चिन्ता व्यक्त गरिरहदाँ राष्ट्रिय क्रिकेट टिमका फिजियो विक्रम न्यौपाने घरमै रहेका सामाग्रीको प्रयोग गरी आफुलाई फिट राख्न सुझाव दिन्छन् ।

घरमै रनिङ गर्ने, पुस अप गर्ने, युट्युबमा फिट्नेसका भिडियो हेरेर तन्दुरुस्त रहने विधी अपनाउन सकिने उनी बताउँछन् । मनोबल बलियो बनाउन आफ्नो पुराना खेलका भिडियो समेत हेर्न सकिने र आफ्नो दिमागलाई व्यस्त बनाइरहनु पर्ने उनी सुझाउँछन् ।

‘घरमै रहेका सामाग्री वस्तुको प्रयोग गर्न सकिन्छ, मनोबल बनाइरहन आफुलाई व्यस्त राख्ने र आफ्ना पुराना खेल हेर्दा राम्रो हुन्छ ।’ न्यौपानेले भने ।

उनले खेलाडीले आफुलाई शारीरिक र मानसिक रुपमा दरिलो राख्नुपर्ने बताए । तर फिटनेसका लागि आवश्यक सामग्री छैन भन्दै खाली बस्न नमिल्ने उनी तर्क गर्छन् ।

‘अभ्याससंगै खानपानमा ध्यान पुर्याउनुपर्दछ ।’, उनले भने, ‘तर फिटनेसका सामग्री छैन भन्दै खाली बस्न मिल्दैन ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP