नर्दन आयरल्याण्डका प्रशिक्षकद्वारा राजिनामा
२०२० अप्रिल २२, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । नर्दन आयरल्याण्डका मुख्य प्रशिक्षक माईकल ओनिलले प्रशिक्षक पद छाडेका छन् ।
ओनिलले बुधबार प्रशिक्षक पदबाट राजिनामा दिएका हुन् । ओनिलले राष्ट्रिय टिम हेर्न थालेको आठ वर्षपछि मुख्य प्रशिक्षकको पदबाट राजिनामा दिएका हुन् ।
ओनिलले सन् २०११ बाट नर्दन आयरल्याण्डको राष्ट्रिय टिम हेर्न थालेका थिए ।
इंग्लिस क्लब स्टोक सिटीका प्रशिक्षक बनेपछि ओनिलले नर्दन आयरल्याण्डको प्रशिक्षक छाडेका हुन् । यसै सिजनबाट ओनिलले च्याम्पियनसिप क्लब स्टोकको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।
उनले स्टोकलाई प्राथमिकता दिन आयरल्याण्डको प्रशिक्षक छाडेको बताएका छन् ।
पूर्व खेलाडी समेत रहेका ओनिलले पहिलो पटक टिमलाई सन् २०१६ को युरोकपमा छनोट गराएका थिए ।