सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नजिकै रहेको त्रिवि मैदानको फाईदा उठाउँदै अविनास

बुधबार, १० बैशाख २०७७विश्वास थापा
नजिकै रहेको त्रिवि मैदानको फाईदा उठाउँदै अविनास
Loading ad...
mustang rice ad

काठमाडौं । कोरोना भाईरसको महामारीको कारण करिब एक महिनाबाट नेपाल लकडाउन रहेको छ । अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द रहेको छ ।

कोरोनाको कारण गरिएको लकडाउनको मारमा खेलकुदमा समेत परेको छ ।

सम्पूर्ण खेलकुद गतिविधि बन्द हुँदा खेलाडी समेत खेलबाट टाढा रहेका छन् । यस्तो समयमा खेलाडीलाई फिटनेस र लयको चिन्ता छ ।

तर, नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा मिडियम फास्ट बलर अविनास बोहरालाई भने लकडाउनले खासै असर गरेको छैन । यस अर्थमा कि उनी हरेक दिन जस्तो अभ्यासमा ब्यस्त हुन्छन् ।

लकडाउनको समयमा समेत अविनास कीर्तिपुरको त्रिवि मैदान र इन्डोर हलमा अभ्यासमा व्यस्त छन् । नियमित जस्तै उनी मैदान पुगेर अभ्यास गर्ने गरेका छन् ।

अविनास यतिवेला आफु बस्ने कोठा र त्रिवि मैदान नजिक भएको फाइदा उठाईरहेका छन् ।

'दिनको दुई पटक मैदान (त्रिवि) आउँछु र एक्लै अभ्यासमा व्यस्त हुन्छु,' अविनासले त्रिवि मैदानबाटै खेलपाटीलाई भने, 'बिहान रनिङ गरेर बलिङ ड्रिल गर्छु बेलुका बलिङ अभ्यास ।'

मैदानमा एक्लै अभ्यास गर्ने भएपनि केहि कुरामा उनलाई मैदानको कर्मचारीहरुले सहयोग गर्ने गरेका छन् ।

'लकडाउन भएको कारण एक्लै अभ्यासमा हुन्छु,' उनले थपे, 'कहिलेकाँही ग्राउण्ड स्टाफ भाइहरुले सहयोग गर्छन् ।'

मैदान र आफु बस्ने कोठा नजिकै भएको कारण मैदानमा अभ्यास गर्न अविनासलाई सम्भव भएको हो ।

'मैदान र मेरो कोठा नजिकै छ त्यसैले आउन र अभ्यास गर्न कठिन छैन । कहिलेकाँही त दिनभरि नै मैदानमा हुन्छु,' अविनासले भने ।

नियमित अभ्यासमा रमाईरहेका कारण अविनासलाई लकडाउनले खासै असर गरेको छैन ।

'त्रिविमै अभ्यास गर्न पाएको छु र आवश्यक जिमको सामान घरैमा भएकोले घरैमा जिम समेत गर्ने गरेको छु। लकडाउनले मलाई खासै असर गरेको छैन,' अविनास भन्छन् ।

अविनासले आम समर्थक तथा नेपालीहरुलाई अहिले कठिन अवस्थामा सचेत र संयम भएर बस्न समेत आग्रह गरे ।

'घरैमा बसौं, स्वास्थ्य रहौं,' उनले समर्थकलाई आग्रह गर्दै भने, 'यस्तो समयमा सकारात्मक भएर सरकार र चिकित्सकको आग्रह पालना गर्दै महामारीलाई जित्न सहयोग गर्न अनुरोध गर्छु ।'

२२ वर्षीय अविनासले नेपालबाट १९ टी-ट्वान्टी अन्तराष्ट्रिय इनिङ्समा २० विकेट लिन सफल छन् । उनी आफ्नो डेब्यु टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा (युएईविरुद्ध सन् २०१९) म्यान अफ द सिरिज घोषित भएका थिए ।

नेपालको लागि अविनास डेथ ओभर स्पेसलिस्ट हुन् । डेथ ओभरमा बलिङ गर्ने उनको टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ६ दशमलब ६ को इकोनमी रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान