एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित फ्रेन्च लिग वान र लिग टु फुटबल जुनबाट सुचारु गरेर जुलाईमा सक्ने तयारी गरिएको छ ।
लिग डे फुटबल प्रोफेसनल (एलएफपी) ले स्थगित शीर्ष दुई लिग जुन १७ बाट सुचारु गर्ने तयारी गरेको हो । यस्तै एलएफपीले लिग जुलाई २५ भित्र सक्ने योजना समेत अघि सारेको छ ।
कोरोनाको कारण फ्रेन्च लिग गत मार्च १३ बाट स्थगित गरिएको छ । फ्रान्सले आगामी मे ११ सम्म लकडाउनको घोषणा गरेको छ ।
एलएफपीले फ्रान्स फुटबलको सर्वोच्च निकायलाई पछिल्लो योजनाबारे जानकारी समेत गराएको छ ।
यस्तै लिग बन्द रंगशालामा खेलाउनेबारे भने निर्णय नभएको बताईएको छ ।
लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) २७ खेलमा १२ अंकको अग्रता सहित शीर्ष स्थानमा रहेको छ ।