एजेन्सी । स्पेनिस फरवार्ड अल्भारो मोराटाले लण्डन क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडको जर्सी लगाउनुलाई दुर्भाग्यपूर्ण रुपमा ब्याख्या गरेका छन् ।
उनले एट्लेटिको मड्रिड जाने सपनाको अगाडी चेल्सी र रियलको जर्सी लगाउनुलाई दुर्भाग्यको रुपमा बताएका छन् ।
२६ बर्षका असफल फरवार्डले गत सिजन ५८ मिलियन पाउण्डमा स्पेनिस क्लब एट्लेटिको मड्रिड आएका थिए । डिएगो सिमोन नेतृत्वको एट्लेटिकोमा ६ महिना लोनमा खेलेपछि उनी स्थायी रुपमा मड्रिड शहर बस्न राजी भएका हुन् ।
मोराटाले करियरको सुरुवात एट्लेटिको मड्रिडको युथ एकेडेमीबाट गरेका थिए । युथ करियरमा एक बर्ष गेटाफेमा गएका उनी लगत्तै शहरी प्रतिद्धन्दी रियल मड्रिडको पहिलो टिममा अनुबन्धित भएका थिए ।
उनले सिनियर टिममा सन् २०१० मा रियलबाट डेब्यु गरेका थिए । उनले दुई सिजन वर्नवेउबाट ला लिगाको उपाधि सहित, दुई कोपा डेल रे र दुई च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
रियलमा सफल सिजन बिताएका उनी दुई सिजन युभेन्ट्सबाट समेत खेलेका थिए । सन् २०१७ मा उनी कीर्तिमानी रकममा लण्डन क्लब चेल्सी पुगेका थिए ।
उनले चेल्सीबाट मात्र एफ ए कपको उपाधि जित्न सके । लण्डन क्लबमा ७२ खेल खेलेका उनले मात्र २४ गोल गर्न सके । लगत्तै उनी बाल्यकालको क्लब एट्लेटिको मड्रिडमा लोनमा पुगेका थिए ।
मोराटाले यस सिजन ला लिगाका २३ खेलमा प्रतिस्पर्धा गर्दै ८ गोल समेत गरेका छन् ।