एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको धर्मपत्नी साक्षीले धोनीको औंला टोकेको फोटो भाइरल भएको छ ।
जुन फोटो साक्षी आफैले सामाजिक संजाल इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन् ।
साक्षीले सार्वजनिक गरेको फोटोमा धोनी सुतिरहेको देखिन्छ । धोनी सुतेर मोबाइल चलाउँदै गरेको देखिन्छ र साक्षीले उनको खुट्टाको औंला टोकेको देख्न सकिन्छ ।
साक्षीले यो फोटो सार्वजनिक गर्दै भनेकी छिन्, 'यस्तो समय जब मिस्टर स्विटीको नजरको भोको हुनु हुन्छ ।'
लामो समय देखि अन्तराष्ट्रिय क्रिकेटबाट टाढा रहँदै आएका धोनी आईपीएलबाट क्रिकेटमा फर्किने तयारीमा रहेका थिए ।
तर, कोरोना भाईरस विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएपछि आईपीएल समेत अनिश्चितका लागि स्थगित गरिएको छ ।
आईपीएलको प्रदर्शन अनुसार धोनीलाई राष्ट्रिय टिममा फर्कन सहज हुने बताइएको थियो ।
धोनीले सन् २०१९ को आईसीसी विश्वकप खेलेपछी कुनै अन्तराष्ट्रिय खेल खेलेका छैनन् । यद्दपी उनी आईपीएलको लागि चेन्नाई सुपर किङ्ग्सबाट तयारी सुरु गरिरहेका गरेका थिए ।