सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्व चर्चित पाँच महिला क्रिकेट 'एंकर'

सोमबार, ०८ बैशाख २०७७खेलपाटी संवाददाता
विश्व चर्चित पाँच महिला क्रिकेट 'एंकर'
Loading ad...
mustang rice ad

एजेन्सी । क्रिकेटको खेलको विकाससँगै ब्रोडकाष्टिङ अर्थात खेलको प्रत्यक्ष प्रसारण समेत बढेको छ ।

क्रिकेट खेल बल र ब्याट हो । तर, यसलाई थप मनोरन्जन दिन विभिन्न उपाय अपनाईदै आईरहेका छन् ।

पछिल्लो समय ब्रोडकाष्टिङसँगै एंकरको महत्व समेत बढेको छ ।

एक दशक अघि क्रिकेट एंकर पुरुष मात्र हुने गर्थे । तर, पछिल्लो वर्ष क्रिकेटमा महिला एंकरको आगमन बढ्दो छ । महिला एंकरले विश्वकप जस्ता ठुला प्रतियोगिता समेत संचालन गरिसकेका छन् ।

महिला एंकरको सुन्दरतासँगै स्टाइलिस बोलीले दर्शकको ध्यान खिच्न ठुलो भूमिका खेलेको छ । क्रिकेटमा अहिले एंकर गरिरहेका महिला क्रिकेट एंकरले आफ्नो छुट्टै छाप छाड्न सफल छन् ।

विश्व क्रिकेटमा चर्चित ५ महिला क्रिकेट एंकरको चर्चा तल गरिएको छ ।


१. मयन्ती लेङ्गर

मयन्ती लेङ्गर लामो समयबाट भारतीय क्रिकेटको ब्रोडकाष्टिङ देखिदै आएको अनुहार हो । ३५ वर्षका महिला एङ्कर मयन्ती सन् २००६ बाट यो पेशामा लागेकी थिइन् । उनी प्राय स्टार स्पोर्ट्ससँग देखिने गर्छिन् ।

सन् २०१० मा उनले प्रतिष्ठित कमनवेल्थ गेम्समा होस्ट गरेकी थिइन् । यस्तै मयन्तीले आईपीएलमा खेल अघि र पछि क्रिकेट विश्लेषकसँग क्रिकेट र खेलको चर्चा गर्ने गरेकी छिन् ।

Mayanti Langer

सन् २०१२ मा उनले दिल्लीका स्टार क्रिकेट स्रटुवार्ड बिन्नीसँग विवाह गरेकी थिइन् ।

२. जन्नातुल पिया फेर्डुस

जन्नातुल पियाले सन् २००७ मा मिस बंगालदेश उपाधि जितेकी थिइन् । त्यस यता उनले जीवनमा पछि फर्केर हेर्नु परेको छैन् । २८ वर्षे यी महिला एसियाबाट भारतको 'भोग्यु कभर गर्ल'बन्ने पहिलो महिला हुन् ।

Peya Jannatul

सन् २०१७ मा पियाले बंगालदेश प्रिमियर लिगको केही खेलमा होस्ट गरेकी थिइन् । सन् २०१८ मा उनी जी टिभिसँग बीपीएलमा काम गरेकी थिइन् । केही सफल एभेटमा होस्ट बनेकी पियालाई सन् २०१९ को पुरुष विश्वकपमा प्रिजेन्टेटरको भूमिकामा निमन्त्रणा गरिएको थियो ।

पिया आईसीसीको ठुलो इभेन्टमा भाग लिने पहिलो बंगलादेशी हुन् ।

३. जिनाब अब्बास

जिनाब अब्बास पाकिस्तानको चर्चित ब्रोडकाष्टिङ नाम हो । सन् २०१५ सम्म एक मेकअप आर्टिस्टको रुपमा काम गरेकी उनले क्रिकेट वर्ल्ड कपको लागि अडिसन दिएकी थिइन् ।

Zainab Abbas

त्यस यता उनले क्रिकेट करियरमा पाइला चालिन् । उनले क्रिकेट सम्बन्धित थुप्रै कार्यक्रम चलाएकी छिन् । सन् २०१७ देखी उनले पाकिस्तान सुपर लिगमा काम गर्दै आएकी छिन् ।

सन् २०१९ मा अब्बास आईसीसी विश्वकपमा प्रिजेन्टेटरको काम गरेकी थिईन । आईसीसीको ठुलो प्रतियोगितामा काम गर्ने उनी पहिलो पाकिस्तानी महिला एंकर बनिन् ।

४. एरिन होल्याण्ड

एरिन होल्याण्डले थुप्रै क्रिकेट प्रतियोगितामा एङ्करिङ गर्दै आएकी छिन् । जानीबसंगै एरिनले समेत पीएसलमा सहभागी भएकी थिएन् ।

अष्ट्रेलियाको बिग बास लिगमा समेत उनले काम गरेकी छिन् । बिग बासमा खेलाडीको अन्तर्वार्ता लिने गर्थिन् । क्यानाडाको ग्लोबल टी-ट्वान्टी लिगमा समेत काम गरेको अनुभब छ ।

Erin Holland

एरिन होल्याण्ड स्टार अलराउण्डर बेन कटिङको हुनेवाला श्रीमती समेत हुन् । बेन र उनको भेट बिग बासमा भएको थियो । त्यस यता उनीहरु प्रेम सम्बन्धमा रहेका थिए ।

यस्तै उनी सन् २०१३ को मिस अष्ट्रेलिया समेत हुन् ।

५. इसा गुहा

महिला क्रिकेट एंकरमा पूर्व खेलाडीको सूचीमा इशा एक्लो नाम हो । सन् २००१ देखी २०११ सम्म उनले इंग्ल्याण्डबाट क्रिकेट खेल्दै आएकी थिइन् ।

सन् २०१२ मा उनले खेलबाट सन्यास लिएकी थिइन् । हाल उनी क्रिकेट कमेन्ट्रीमा चर्चित कमेन्टेटर हुन् । उनले सन् २०१९को एसेस सिरिजमा कमेन्ट्री गरेकी थिइन् ।

इसा बीबीसीको टेष्ट म्याच स्पेसल कमेन्टेटर समेत हुन् । यस्तै उनले बीबीसीमा क्रिकेट सम्बन्धित लेख समेत लेख्ने गरेकी छिन् ।

इसा सन् २०१९ को पुरुष विश्वकपको कमेन्ट्री समेत गरेकी थिइन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान