एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण क्रिकेट अष्ट्रेलियाले कर्मचारीमा कटौती गरेको छ ।
क्रिकेट अष्ट्रेलियाले बिहिबार एक विज्ञप्ति जारी गर्दै यस वर्षको आर्थिक वर्ष (अप्रिल २७) सम्म भारी मात्रामा कर्मचारी कटौती गरेको जनाएको छ ।
क्रिकेट अष्ट्रेलियाको यस्तो निर्णय एक भिडियो कल मार्फत प्रमुख कार्यकारी केभिन रोबर्ट्सले कर्मचारीलाई जानकारी गराएका थिए ।
केही मात्रामा खर्च कटौती हुने भन्दै क्रिकेट अष्ट्रेलियाले फुटबल र रग्बीमा जस्तै कर्मचारी कतौती गरेको जनाएको छ ।
'खेल क्षेत्रमा कोरोनाको कारण परेको असर ठुलो छ,' विज्ञप्तिमा रोबर्ट्सले भनेका छन्, 'यो निर्णय आईसोलेसनमा हुँदा लिएका थियौं । कामहरु स्वाभाविक रुपमा घटाएका छौं । बाहिरि क्षेत्रका कर्मचारी कटौतीले आर्थिक पक्षमा सहज बनाउँछ ।'