काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी खेलाडी वरीयतामा नेपाली खेलाडी यथावत रहन सफल भएका छन् ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीको वरीयता यथावत रहेको हो ।
ब्याटिङतर्फ पारस ७५ औं स्थानमा रहेका छन् । अघिल्लो पटक १२ स्थान तल झरेका पारसको वरीयता यस पटक भने यथावत रहेको हो ।
नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयताको ८४ औं स्थानमा रहेका छन् । यस अघि पनि सन्दीप ८४ औं स्थानमा रहेका थिए ।
पारसको अलराउण्डरतर्फको वरीयता पनि यथावत रहेको छ । नयाँ वरीयतामा पारस २६ औं स्थानमा छन् ।
अलराउण्डरतर्फ नै सोमपाल ७३ औं र करण ८८ औं स्थानमा रहेका छन् ।
टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।