अख्तर मैले सामना गरेको तीव्र गतिका बलर - पोन्टिङ
२०२० अप्रिल १५, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले आफ्नो क्रिकेट करियरमा आफुले सामना गरेको सबैभन्दा तीव्र गतिका बलर पाकिस्तानका बलर शोयब अख्तर रहेको बताएका छन् ।
पोन्टिङले सामाजिक संजाल ट्वीटरमा अख्तरको बलमा आफुले ब्याटिङ गर्दै गरेको भिडियो सार्वजनिक गर्दै यसको खुलासा गरेका हुन् ।
'एक पत्रकारसँग मैले सामना गरेको सर्वोकृष्ट ओभर बारे कुरा गरेपछि मलाई थुप्रै प्रश्न आए । मलाई विश्वास गर्नुस शोयब अख्तरको बल नै मैले सामना गरेको फास्ट बल हो,' उनले लेखेका छन् ।
यस अघि पोन्टिङले सन् २००५ मा एज्बास्टनमा भएको एसेज सिरिजमा खेलेको ओभर उत्कृष्ट ओभर रहेको बताएका थिए ।