एजेन्सी । कोरोना भाइर को महामारीको कारण भारतमा आगामी मे ३ सम्मका लागि लकडाउन लम्बिएसंगै चर्चित फ्रेन्चचाइज लिग इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितका लागि स्थगित भएको छ ।
लकडाउन लम्बिएसँगै दोस्रो पटक स्थगित भएको आईपीएलले यो वर्ष हुने सम्भावना समेत कम भएको छ । तर, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल यस वर्षको अन्त्यसम्म भएपनि गर्न लागि पर्ने बताएको छ ।
'हो, बीसीसीआईले आईपीएल अनिश्चितका लागि सरेको जानकारी गराएको छ,' आईपीएलका स्रोतले इण्डिया टुडेमा भनेका छन्, 'सबै सामने रहे आईपीएल यस वर्षको अन्त्यसम्म जराउने तयारी रहने छ ।'
यसअघि , आईपीएल को १३ औं संस्करण २९ मार्चबाट सुरु हुने तालिका थियो । तर, कोरोनाको कारण अप्रिल १५ बाटको नयाँ मिति तय गरिएको थियो ।
विश्वभर फैलिएको कोरोनाको कारण हाल विश्वका सबै खेलकुद रोकिएको छ । युरोकप देखि ओलम्पिक खेलकुद समेत स्थगित भएको छ ।
भारतमा ११ हजार मानिस कोरोनाको संक्रमित भेटिएको छ । यस्तै ३ सय ५३ मानिसले ज्यान गुमाएका छन् ।