एजेन्सी । कोरोना भाईरसको कारण पाकिस्तानका फस्ट क्लास क्रिकेटर जाफर सर्फराजको निधन भएको छ ।
पाकिस्तानको पेशावरको एक अस्पतालमा पछिल्लो तीन दिनयता आईसियुमा रहेका सर्फराजको मंगलबार निधन भएको हो ।
५० वर्षे क्रिकेटर सर्फराज पाकिस्तानका पूर्व क्रिकेटर अख्तर सर्फराजको भाइ हुन् ।
देब्रेहाते मिडल अर्डर ब्याट्सम्यान सर्फराजले १५ फस्ट क्लास खेलमा ६ सय १६ रन बनाएका थिए ।
पाकिस्तानमा पाँच हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ । यस्तै ९३ जनाको मृत्यु भईसकेको छ ।