काठमाडौं । विसं २०७६ मा नेपालले १९ टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो । जसमा नेपालले ११ खेलमा जित निकाल्यो भने ८ खेलमा पराजित भयो ।
नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा निकै खस्किएको प्रदर्शन गर्यो । निकै कमजोर राष्ट्रसँग बारम्बार पराजित भयो ।
खराब प्रदर्शन गरेसंगै नेपालले सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप तथा एसिया कप गुमाउन पुग्यो ।
वर्षको सुरुवाती खेल रहेको मलेसिया भ्रमणमा क्लिन स्विप र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य जित्नु बाहेक नेपालले अन्य सफलता हात पार्न सकेन ।

तर, कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रहार गरेको शतक मुख्य आकर्षणमा रह्यो ।
त्यस बाहेक पारसले एकै वर्षमा ५ सय रन भन्दा बढी रन बनाएर एक वर्षमा सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडी बने ।
विसं २०७६ मा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि सर्वाधिक रन बनाउने ५ खेलाडी यस प्रकार रहेका छन् ।
पारस खड्का
विसं २०७६ मा नेपालका लागि टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने पारस खड्का रहे । उनले एक वर्षमा नेपालको लागि ५ सय ९ रन बनाउन सफल रहे ।
पारसले यस वर्ष सिंगापुरमा भएको ट्राई सिरिजमा सिंगापुरविरुद्ध बनाएको अविजित १ सय ६ रन उनको करियरको सर्वाधिक रन बनाएका थिए । ५२ बलको सामना गरेका उनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा लक्ष्य पछाउने क्रममा शतक बनाउने कप्तानको रुपमा विश्व कीर्तिमान समेत बनाए ।

पारसको शतकसंगै नेपालको लागि टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका थिए ।
यस्तै पारस नेपालको लागि एकै वर्षमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाएका छन् । यसअघि कुनै पनि नेपाली खेलाडीले एक वर्षमा ५ सय रन कटाउन सकेका थिएनन् ।
ज्ञानेन्द्र मल्ल
कप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले ३ सय ७८ रन बनाउन सफल छन् ।
नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (सग) मा भुटानविरुद्ध ज्ञानेन्द्रले कीर्तिमानी शतकीय इनिङ्स खेलेका थिए । खेलमा उनले ५५ बलमा ५ चौका ९ छक्का प्रहार गर्दै १ सय ७ रनको कीर्तिमानी इनिङ्स खेले ।

ज्ञानेन्द्र नेपालको लागि शतक बनाउने दोस्रो खेलाडी हुन् भने टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सर्वाधिक रन बनौं एखेलादी हुन् । उनले पुर्व कप्तान पारस खड्कालाई १ रनले पछि पारेका थिए ।
ज्ञानेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान समेत बनाएका थिए । उनले मलेसियाविरुद्ध २० बलमा अर्धशतक बनाउँदै नेपालबाट सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी बनेका थिए ।
दिपेन्द्र सिंह ऐरी
उपकप्तान दिपेन्द्रले गत वर्ष टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि २ सय ७७ रन बनाएका छन् । उनी टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपालका तेस्रो खेलाडी हुन् ।

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ४५ रनको अविजित इनिङ्स खेलेका थिए । त्यो स्कोर नै उनको टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन हो ।
विनोद भण्डारी
विकेटकिपर विनोद भण्डारीले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा गत वर्ष २ सय २५ रन बनाए । यस क्रममा उनले २ पटक अर्धशतक बनाएका छन् ।
विनोदसंगै पारसले मात्र गत वर्ष सर्वाधिक अर्धशतक बनाएका छन् ।

ओमानमा भएको पाँच राष्ट्र सम्मिलित सिरिजमा विनोदले हङकङविरुद्ध ५८ रनको अविजित इनिङ्स खेल्दै आफ्नो टी-ट्वान्टी अन्तराष्ट्रिय करियरमा सर्वाधिक रन बनाउन सफल भएका थिए ।
यसअघि उनले मलेसिया भ्रमणमा घरेलु टिमविरुद्ध ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
आरिफ शेख
आरिफ टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा गत वर्ष २ सय रन कटाउने नेपाली खेलाडी हुन् । उनले एक वर्षमा २ सय ९ रन बनाउन सफल रहे ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय बितेको एक वर्षमा आरिफले केही खेलमा महत्वपूर्ण योगदान गरे । यद्दपी उनले कुनै पनि खेलमा अर्धशतक बनाउन भने सफल रहेनन् । तर, उनले चाहिएको अवस्थामा राम्रो साझेदारी निभाए ।

सिंगापुर भ्रमणमा सिंगापुरविरुद्ध कीर्तिमानी जित निकाल्दा आरिफले पारससँग कीर्तिमानी शतकीय रनको साझेदारी गरेका थिए । उक्त खेलमा उनले बनाएको ३९ रनको अविजित रननै उनको सर्वाधिक रन हो ।