एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नई सुपर किङ्ग्सका कप्तान महेन्द्र सिंह धोनी आफ्नो ब्याटिङ र विकेट किपिङमा राम्रो लयमा रहेको अनुभवी लेग स्पिनर पीयूस चावलाले बताएका छन् ।
कोरोना भाइरसको कारण अप्रिल १५ सम्म स्थगित भएको आईपीएलको लागि सुरुवाती समयमा टिमले अभ्यास गर्ने क्रममा धोनी राम्रो लयमा रहेको चावलाले बताएका हुन् ।
'माही (धोनी) ले धेरै ध्यान दिएर ट्रेनिङ गरेको देखिन्थ्यो । राम्रो लयमा देखिन्थे,' टिमको वेबसाइटमा चावलाले भने, 'यसको असर बाँकी खेलाडीमा समेत परेको थियो ।'
यस्तै धोनी १० वर्षपछी धोनीले विकेट किपिङ गरेको बताईएको छ । चेन्नईका टिम फिजियो अगुले धोनीलाई १० वर्षपछी विकेट किपिङ अभ्यास गरिरहेको देखेको बताए ।
'मैले १० वर्षपछी पहिलो पटक धोनीले विकेट किपिङको ट्रेनिङ गरेको देखें,' टिम फिजियोले भने, 'यसले क्रिकेटमा उनको ध्यान कति छ भनेर अन्दाज गर्न सकिन्छ ।'
भारतीय क्रिकेट टिमका पुर्व फास्ट बलिङ प्रशिक्षक तथा चेन्नईका हालका बलिङ प्रशिक्षकले लक्ष्मीपती बालाजीले धोनीलाई नेचुरल खेलाडी रहेको र यस सिजनको लागि धोनी तयार रहेको बताएका छन् ।