• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वर्ष ७६ : ओडीआईमा विकेट लिने खेलाडी
विश्वास थापा
सोमबार, वैशाख १, २०७७ विश्वास थापा
वर्ष ७६ : ओडीआईमा विकेट लिने खेलाडी
तस्बिर - क्यान

काठमाडौं । विस २०७६ सालमा नेपालले निकै कम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो । अघिल्लो वर्ष ६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालले ७६ को वर्ष भने मात्र ४ खेल मात्र खेल्यो ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको आफ्नो पहिलो सिरिज खेल्नु बाहेक नेपालले अन्य एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाएन । सिरिजमा नेपालले अमेरिका र ओमानलाई आतिथ्यता प्रदान गर्यो ।

नेपालले खेलेको ४ खेलमा समेत ओमानसँग पराजित हुँदा अमेरिकालाई पराजित गर्यो ।

तर, नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै इतिहास रच्यो । त्यस बाहेक नेपालले खासै उपलब्धि एकदिवसीय अन्तर्राष्ट्रियमा हात पार्न सकेन ।

नेपालले खेलको ४ खेलमा मात्र ५ बलरले विकेट लिन सफल रहे । २०७६ सालमा नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिने खेलाडीको व्याख्या तल गरिएको छ ।

सुशन भारी

७६ सालमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक विकेट लिने खेलाडी हुन् सुशन भारी । उनले ४ खेलमा ११ विकेट हात पार्न सफल भए । एकदिवसीय अन्तर्राष्ट्रियमा सुशनको ३ दशमलब ३९ को इकोनमी रहेको छ ।

सुशनले दिलाए नेपाललाई आठौं सफलता ...

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा सुशनले ओमानविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा उनले ३ विकेट हात पार्दै सुखद सुरुवात गरे । यस्तै उनले दोस्रो खेलमा अमेरिकाविरुद्ध पुन: ३ विकेट हात पर्दा ओमानसँगको खेलमा १ विकेट हात पारे । अमेरिकासँगको अन्तिम खेलमा सुशनले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरको सर्वाधिक सफल बलिङ गर्दै ४ विकेट हात पारे ।

सन्दीप लामिछाने

सन्दीपले ७६ सालमा ४ खेलमा ८ विकेट हात पार्न सफल भए । सन्दीपले खेलेको ४ खेल मध्ये २ खेलमा भने विकेट विहिन रहेका थिए । उनले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको दुवै खेलमा विकेट लिन सकेनन् ।

पीएसएलमा बिकेनन् सन्दीप ! - Khelpati

अमेरिकाविरुद्ध भने सन्दिपले सानदार बलिङ गरे । पहिलो खेलमा अमेरिकाको २ विकेट लिएका उनले दोस्रो खेलमा एक्लैले ६ विकेट लिएका थिए । उक्त ६ विकेट लिंदा सन्दीप एसोसियट राष्ट्रको लागि उत्कृष्ट बलिङ खेलाडीको कीर्तिमान बराबरी गरे ।

सन्दीपले अमेरिकाविरुद्धको दोस्रो खेलमा ६ ओभर बलिङ गर्दै १ मेडेनका साथ १६ रन खर्चेर ६ विकेट लिएका थिए । अमेरिकाविरुद्ध कीर्तिमानी जित निकाल्न मुख्य भूमिका खेलेका सन्दीप म्यान अफ द म्याच समेत बनेका थिए ।

करण केसी

नेपालका उत्कृष्ट अलराउण्डर करण केसीले समेत ८ विकेट लिए । करणले ओमान र अमेरिकाविरुद्धको पहिलो खेलमा समान ४/४ विकेट लिएका थिए ।

नेपालको लागि दुवै खेलमा सर्वाधिक विकेट लिएका करण अमेरिकाविरुद्ध जित दिलाउन मुख्य भूमिका खेलेका थिए । तर पहिलो खेलमा ओमानको ४ महत्वपूर्ण विकेट लिएपनि नेपाललाई जित दिलाउन भने सफल रहेनन् ।

करणले दिलाए नेपाललाई पहिलो सफलता ...

नेपालका अर्का भरपर्दा अलराउन्डर सोमपाल कामी अनुपस्थित सिरिजमा करणले फास्ट बलिङको जिम्मा सम्हालेका थिए ।

कुशल मल्ल

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशल मल्ल नेपालको लागि सर्वाधिक विकेट लिने चौथो खेलाडी हुन् । उनले ३ खेलमा २ विकेट लिएका थिए । कुशलले दुवै विकेट क्लिन बोल्ड गर्दै लिएका थिए ।

पीपीएल : कुशल महँगो मूल्यमा पोखरामा ...

अमेरिकाविरुद्ध, डेब्यु खेलमा उनले आफ्नो पहिलो विकेट लिएका थिए । एल्मोरे हट्चिन्सनलाई कुशलले एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो सिकार बनेका थिए । लगत्तै उनले ओमानविरुद्धको खेलमा समेत एक विकेट लिन सफल भएका थिए । ओमानका ओपनर तथा आक्रमक ब्याट्सम्यान जतिन्दर सिंहलाई उनले बोल्ड गर्न सफल भएका थिए।

दिपेन्द्र सिंह ऐरी

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि २०७६ सालमा विकेट लिने अन्तिम खेलाडी रहे । ऐरीले ४ खेलमा १ विकेट लिन सफल भए ।

राष्ट्रिय टिमका उपकप्तान समेत रहेका ऐरीले ओमानविरुद्धको पहिलो खेलमा १ विकेट लिन सफल भएका थिए । ऐरीले ओमानका बादल सिंहलाई रोहितको हातबाट क्याच गराएका थिए ।

नेपालविरुद्ध अमेरिका (Live) - Khelpati

उपकप्तान ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि ठुलो योगदान भने दिन सकेनन् । उनले खेलेको ४ खेलमा २ पटक डक आउउट भएका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP