• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वर्ष २०७६ : गति लिन नसकेकाे क्रिकेट
विश्वास थापा
शनिबार, चैत २९, २०७६ विश्वास थापा
वर्ष २०७६ : गति लिन नसकेकाे क्रिकेट

काठमाडौं । विसं २०७६ सालमा नेपाली क्रिकेटले थुप्रै उतारचढाप व्यहोर्यो । खेल मैदान र मैदान बाहिर समेत नेपाली क्रिकेटले विभिन्न उतारचढाप व्यहोर्यो ।

यस वर्ष, लामो समयबाट नेतृत्वविहीन रहेको नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व प्राप्त गर्यो । यस्तै लामो समयबाट रहेको क्यान निलम्बन फुकुवा भयो ।

तर, मैदानमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । महत्वपूर्ण प्रतियोगितामा कमजोर टिमसँग नेपाली टोलीले हार व्यहोर्यो ।

नेपाली क्रिकेटमा वर्ष २०७६ मा के के भयो ?

नयाँ वर्षको सुरुवात अर्थात् गत जेठमा नेपालले भारतीय मूलका प्रशिक्षक उमेश पटवाललाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्यो । क्यान निलम्बन रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलमा पटवाल एक वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नेपाललाई सन् २०२० को टी-ट्वान्टी विश्वकप खेलाउने मुख्य लक्ष्य रहेको बताएका पटवाल सफल रहेनन् । उनको प्रशिक्षण टिमको लागि औषत र विवादित बन्यो ।

पटवालले सम्झौता अगावै नेपालको प्रशिक्षण छाडे र अहिले नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको छ ।

नेपाल आईपुगे मुख्य प्रशिक्षक पटवाल ...

नेपालका स्टार अलराउण्डर सोमपाल कामी क्यानडाको ग्लोबल टी-ट्वान्टी लिग खेल्दै विदेशी फ्रेन्चाइज लिग खेल्ने दोस्रो नेपाली खेलाडी बने । ३ हजार डलरमा विनिपेग हक्सले आबद्द गरेको टिमबाट सोमपालले फ्रेन्चाइज लिग जित्न समेत सफल रहे ।

सोमपाल विदेशी फ्रेन्चाइज लिग जित्ने पहिलो र एकल नेपाली खेलाडी हुन् । यस्तै पारस खड्काले टी-१० लिग खेल्दै विदेशी लिग खेल्ने तेस्रो नेपाली खेलाडी बने ।

नेपालले मलेसियामा भएको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज 'क्लिन स्विप' गर्दै इतिहास रच्यो । २ खेलको सिरिजमा नेपालले दुवै खेल जित्दै पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गरेको हो ।

लामो समयबाट नेतृत्वविहिन रहेको क्यानले गत असोजमा नयाँ नेतृत्व पायो । आईसीसीले बनाएको स्वतन्त्र कमिटिले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यस लगत्तै आईसीसीले नेपालको निलम्बन फुकुवा गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यसै वर्ष नेपाल माथि लगाएको निलम्बन सशर्त फुकुवा गर्यो । आईसीसीले साढे ३ वर्षबाट लगाएको निलम्बन गत असोजमा फुकुवा गरेको थियो ।

क्यानको निर्वाचन र निलम्बन फुकुवा नेपाल क्रिकेटले यस वर्ष हात पारेको ठुलो सफलता हो ।

तर, क्यान निलम्बन फुकुवा भएको खुसियाली २४ घण्टा नबित्दै तत्कालिन कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिए । एक दशक सफल कप्तानी गरेका खड्काको राजीनामाले नेपाल क्रिकेटमा हलचल पैदा गरेको थियो ।

पारसकले कप्तानी छाडेसँगै क्यानले उपकप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीको जिम्मा दिएको थियो । मल्ल नेपाल क्रिकेटमा कप्तानी गर्ने नवौं कप्तान हुन् ।

यसै वर्ष नेपालले १४ वर्षपछि फस्ट क्लास क्रिकेट खेल्न पायो । विश्वको पुरानो क्रिकेट क्लब एमसीसीले यसै वर्ष गरेको नेपाल भ्रमणमा नेपालले एक फस्ट क्लास क्रिकेट खेल्न पायो । खेलमा नेपालका ९ खेलाडीले डेब्यु गरे ।

नेपाली महिला खेलाडीले आफ्नो भूमिमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाए । महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले साग क्रिकेट खेल्दै घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर प्राप्त गरेका थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पहिलो पटक घरेलु भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको करिब २ वर्ष पुग्दा नेपाल पहिलो पटक घरेलु दर्शकसामु एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको हो ।

साग क्रिकेटमा नेपालकी अन्जली चन्दले विश्व कीर्तिमान समेत कायम गरिन् । पहिलो खेलमा माल्दिभ्सविरुद्ध कुनै रन नखर्ची ६ विकेट लिँदै अन्जलीले विश्व कीर्तिमान बनाएकी थिइन् ।

अन्जलीले २ ओभर १ बलमा बिना रन खर्चेर ६ विकेट लिएर कीर्तिमान बनाइन् । यसअघि टी-ट्वान्टी अन्तराष्ट्रिय महिला क्रिकेटमा मलेसियाकी मास एलसाको नाममा ६ विकेट लिएर ३ रन खर्चेको रेकर्ड रहेको थियो ।

यसै वर्ष नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । त्रिवि मैदान एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको विश्वको १०९ औं मैदान हो ।

डेब्यु खेलमै विश्व कीर्तिमान ! - Khelpati

विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध कुशल मल्लले विश्व कीर्तिमान बनाए । उनी एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउँदा विश्वका कान्छा खेलाडीको रुपमा रहे । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तिमान भंग गरेका थिए ।

यसअघि रोहितले क्रिकेटका हस्ती सचिन तेन्दुलकर र साहिद अफ्रिदीको कीर्तिमान तोड्दै आफ्नो नाममा विश्व कीर्तिमान बनेका थिए ।

वर्षभरी नेपालको खेल :

पुरुष क्रिकेटमा नेपालले २९ अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा १९ टी-ट्वान्टी अन्तराष्ट्रिय, ४ एकदिवसीय अन्तराष्ट्रिय, १ पहिलो श्रेणीको क्रिकेट र अन्य ६ अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ ।

नेपालले खेलेको २७ खेलमा १५ जित र १४ हार व्यहोर्यो ।

वर्षको सुरुवात नेपालले मलेसियाविरुद्धको सिरिजबाट भयो । सिरिजमा नेपाल क्लिन स्विप गर्न सफल भयो । लगत्तै सिंगापुरमा टी-ट्वान्टी विश्वकप एसिया फाइनलमा उपाधि दाबेदार मानिएको नेपाल २ खेलमा पराजित हुँदा दोस्रो पटक विश्वकप खेल्ने सपनामा पूर्णविराम लाग्यो ।

नेपाललाई ऐतिहासिक टी-ट्वान्टी सिरिज ...

सिंगापुरमा टेष्ट राष्ट्र जिम्बाबेसहित घरेलु टिमसँगको सिरिजमा नेपालले ३ खेलमा १ जित मात्र निकाल्यो । तर, पारसले सिंगापुरविरुद्ध शतक प्रहार गर्दै टी-ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने । उनले ५२ बलमा १ सय ६ रनको अविजित इनिङ्स खेलेका थिए ।

ओमानमा भएको ५ राष्ट्रविरुद्धको सिरिजमा नेपालले २ खेलमा जित र २ हार व्यहोर्यो । सिरिजमा नेपालका करण केसीले ११ विकेट हात पार्दै सम्झनलायक सिरिज बनाउन सफल रहे ।

विश्वको पुरानो तथा चर्चित क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) संग नेपालले पहिलो श्रेणीको क्रिकेट (फस्ट क्लास क्रिकेट) खेल्दै १४ वर्षको लामो खडेरी तोड्न सफल भयो ।

एमसीसीको नेपाल भ्रमणमा नेपालले ५० ओभरको खेल समेत खेलेको थियो । फस्ट क्लास क्रिकेटमा अपरिपक्क देखिएको नेपालले ५० ओभरको खेलमा भने सहज जित निकालेको थियो ।

बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा नेपालको लागि सुखद रहेन । भारत र बंगलादेशको युवा टिमसँग पराजित भएको नेपालले हङकङमाथि मात्र जित निकाल्यो ।

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्यो । प्रतियोगिता अन्तर्गत नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध १ सय ७ रन बनाउँदै नेपालको लागि टी-ट्वान्टी अन्तर्राष्ट्रिय एकै इनिङसमा सर्वाधिक रन बनाउने खेलाडी बने ।

महिला क्रिकेटतर्फ पनि सागमा नेपालले ऐतिहासिक कास्य पदक जित्न सफल भयो । स्वर्ण पदकको लक्ष्यमा रहेको नेपाली टिमले टेष्ट राष्ट्रसामु निरिह देखिँदा कास्यमा चित्त बुझाएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्यो । ओमान र अमेरिकालाई आथित्यता गरेको नेपालले २ खेलमा जित र २ खेलमा हार व्यहोर्यो ।

वर्षको अन्तिममा नेपाल, एसिया कप छनोट अन्तर्गत रहेको एसीसी इस्टर्न रिजनमा खराब प्रदर्शनसंगै बाहिरियो ।

यस वर्ष खेलाडीले कम घरेलु लिग खेल्यो । यसपटक फ्रेन्चाइज लिगमा पोखरा प्रिमियर लिगले मात्र स्थान पायो ।

धनगढी प्रिमियर लिगले यसवर्ष आयोजना गरेन भने एभरेष्ट प्रिमियर लिगलाई भने कोरोना भाईरसको कारण स्थगित भयो । ईपीएलमा विश्वका हस्ती खेलाडीको आगमन हुने तय थियो । तर, कोरोनाको कारण अन्तिम समयमा प्रतियोगिता स्थगित भएको थियो ।

यस्तै यस पटक दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता इनरुवामा भयो । त्यसबाहेक राज्यबाट संचालन हुने राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कप समेत कोरोनाको चपेटामा पर्यो ।

चौथो संस्करणको पीएम कप चैत्र अन्तिममा गर्न गृहकार्य गरेको क्यानलाई धक्का लाग्यो । यद्दपी राखेपले तेस्रो संस्करण भने यसै वर्षको जेठमा तेस्रो संस्करण समापन गरेको थियो ।

राष्ट्रिय प्रतियोगिता स्तरीय नभएकोमा विबाधिद रह्यो । केही खेल मुलपानी मैदानमा म्याटमा खेल खेल्न बाध्य भएका खेलाडी अन्त्यमा पुरस्कार रासिमा समेत ठगिए ।

यस्तै यसै वर्षबाट घरेलु क्रिकेट ब्युताउन लागिपरेको क्यानको तालिकामा समेत कोरोनाको असर पर्यो ।

चितवनलाई १ सय ८ रनको लक्ष्य - Khelpati

महिलातर्फ भने पहिलो पटक फ्रेन्चाइज लिगको आगमनले नयाँ अध्यायको सुरुवात भयो । नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग' को आयोजना भयो । यसको आगमनसँगै नेपाली महिला क्रिकेटले थप उचाई पाउने विश्वास सबैको रहेको छ ।

विश्वमा यस वर्ष नेपालको लागि टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा सन्दीप लामिछाने रहे । उनले २९ विकेट हात पारे । यस्तै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने पारस खड्का बने । उनले ५ सय ९ रन बनाए ।

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटतर्फ विनोद भण्डारीले सर्वाधिक १ सय २० रन बनाउँदा सुशन भारीले सर्वाधिक ११ विकेट हात पारे ।

काठमाडौंलाई हराउँदै चितवन ...

गुमाएको अवसर :

नेपालले सिंगापुरमा भएको एसिया फाइनलमा चुक्न पुग्दा दोस्रो पटक विश्वकप खेल्ने मौका गुमायो । उपाधि दाबेदारको रुपमा सिंगापुर पुगेको नेपाल कमजोर राष्ट्र कतार र घरेलु टिम सिंगापुरसँग पराजित हुँदा ग्लोबल छनोटबाट बन्चित भयो ।

प्रतियोगितामा नेपाल छनोट भएको भए यसै वर्ष (सन् २०२०) मा अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा खेल्ने बलियो सम्भावना रहेको थियो ।

नेपालले यस वर्ष गुमाएको ठुलो अवसर भनेको एसिया कप छनोटका लागि छनोट नहुनु हो । एसिया कप, एसियन राष्ट्रको विश्वकप जस्तै हो । जहाँ ५ टेष्ट राष्ट्रसँग एसोसियट राष्ट्रले खेल्न पाउने छन् ।

तर, नेपाल एसीसी इस्टर्न रिजनमा हङकङ र मलेसियासंग पराजित हुँदा नेपाल यसबाट बन्चित भएको छ । सहज र उपाधि ल्याउने पक्का मानिएको प्रतियोगितामा नेपालले विगत एक दशकको खराब प्रदर्शन गरेको थियो ।

नेपाल एसिया कप छनोटमा पुग्न असफल - Khelpati

सुधार गर्नुपर्ने पक्ष :

सदाझै नेपालको कमजोर पक्ष भने ब्याटिङ हो, त्यसमा पनि ओपनर ब्याट्सम्यान । कुनै पनि खेलमा सुरुवाती खेलाडीले राम्रो सुरुवात दिलाए मात्र आउने खेलाडीले खुलेर खेल्न सक्छन् ।

तर, लामो समयबाट नेपाली क्रिकेटमा सुरुवाती खेलाडी चल्न सकेका छैनन् । जसको कारण नेपाली खेलाडीमा दबाब हुने गरेको छ । त्यसैले नेपालको सुधारिनु पर्ने पहिलो पक्ष ब्याटिङ हो ।

नेपाललाई अहिलेको अवस्थामा एकदिवसीय मान्यता जोगाउन कठिन देखिएको छ । २०७६ सालमा नेपालले मात्र ४ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको राष्ट्रले वर्षमा ४ खेल खेल्नु निकै लजाको विषय हो । त्यसैले आउने दिनमा क्यानले अन्य राष्ट्रसँग समन्वय गर्दै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गराउनु पर्नेछ ।

नेपालमा स्तरीय प्रशिक्षकको अभाव छ । अझ महिला क्रिकेटमा यसको ठुलो अभाव छ । क्यानले पुरुष क्रिकेटको लागि प्रशिक्षकको खोजी गर्दै गर्दा महिला क्रिकेटलाई भुल्नु हुँदैन ।

पुलिस एमएम कपको सेमिफाइनलमा - Khelpati

महिला क्रिकेटमा नेपालको ठुलो सम्भावना छ । त्यसैले उनीहरुले स्तरीय प्रशिक्षक र अभ्यास पाएमा नेपाललाई विश्वकपमा पुर्याउन धेरै समय लाग्दैन । यस विषयमा क्यान सजक हुन जरुरी छ ।

पीएम कप बाहेक सबै घरेलु प्रतियोगिता नेपालमा प्राइभेट क्षेत्रबाट आयोजना हुने गरेको छ । यस्ता प्रतियोगिता खेलाडीको हित भन्दा नाफा कमाउन लागि परेका छन् । त्यसैले क्यानले अबको दिनमा यस्ता प्रतियोगिताको स्तरको लागि नियम बनाउंदै आफैले प्रतियोगिता गराउनु जरुरी छ ।

नेपालमा आयोजना हुने प्राय: सबै प्रतियोगिता टी-ट्वान्टी हुन्छन् । क्रिकेट विकास गर्न टी-ट्वान्टी भन्दा लामो फर्म्याट र उमेर समूहको क्रिकेट आवश्यक हुन्छ । अबको दिनमा क्यानले उमेर समूह कम्तिमा दुई दिवसीय क्रिकेटलाई प्राथामिकतामा राख्नु पर्ने देखिएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP