• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमारको तलब ५० प्रतिशत कटौती हुने
खेलपाटी संवाददाता
शुक्रबार, चैत २८, २०७६ खेलपाटी संवाददाता
नेयमारको तलब ५० प्रतिशत कटौती हुने

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमार सहित लिग वानमा ठुलो तलब लिने खेलाडीको तलबमा भारी कटौती हुने भएको छ ।

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट उत्पन्न आर्थिक संकटबाट बच्न फ्रेन्च फुटबलले खेलाडीको तलबमा भारी कटौती गर्न लागेको हो ।

भाईरसले विश्वभरको खेलकुदलाई संकटमा पारेका छ । विश्वभरका फुटबल अनिश्चित समयका लागि स्थगित भएको छ ।

टेलिभिजन अधिकारबाट प्राप्त हुने रकम यस महिना क्लबले नपाउने भएपछि फ्रान्सका अधिकांश क्लबमा वित्तिय संकट देखिने भएको छ । कोरोनाको प्रभावका कारण फ्रान्सेली फुटबलमा आर्थिक संकट देखिएपछि मुख्य प्रयोजकले समेत लिग वान क्लबसंग सम्झौता रद्ध गर्ने निर्णय गरेको छ ।

फ्रेन्च फुटबलले व्यवसायीक फुटबल खेलाडीको युनियन र अर्थ तथा बाणिज्य मन्त्रालयसंग छलफल गरेर व्यवसायीक क्लब र तीनका खेलाडीको तलबमा कटौती गर्ने निर्णय लिएको हो ।

रिपोर्ट अनुसार मासिक १० देखि २० हजार युरो तलब बुझ्ने खेलाडीको २० प्रतिशत तलब कटौती हुनेछ । यस्तै, २० देखि ५० हजार युरो तलब लिने खेलाडीको ३० प्रतिशत र ५० देखि १ लाख युरो तलब लिने खेलाडीको ४० प्रतिशत रकम कटौती हुनेछ । यस्तै, १ लाख युरो भन्दा बढी तलब बुझ्ने खेलाडीको ५० प्रतिशत रकम कटौती सहने बताईएको छ ।

सोही अनुसार १ लाख युरो भन्दा बढी तलब लिने नेयमार सहितका ठुला खेलाडीको तलब ५० प्रतिशतले कटौती गर्ने निर्णय फ्रेन्च फुटबलले गरेको हो ।

'खेलाडीको अप्रिल महिनाको तलबको केही हिस्सा क्लबबाट पाउने बिषयमा छलफल भएको छ ।' खेलाडी युनियनको अध्यक्ष फिलिप पीटले भनेका छन्, 'तत्कालको स्वास्थ्य अवस्थाका कारण अस्थायी प्रयास गरिएको छ ।'

खेलाडीको तलब कटौती उनीहरुले गर्ने आम्दानीमा निर्भर रहने फ्रान्सेली फुटबलले जनाएको छ । मासिक १० हजार युरो भन्दा कम तलब लिने व्यक्तिलाई नयाँ निर्णयले कुनै फरक नपार्ने बताईएको छ ।

'हामीले कसैलाई संलग्न हुन कर गरेका छैनौ ।' पिटले भनेका छन्, 'बहुमत सदस्य यस निर्णयको विपक्षमा छैनन् । जागिर बचाउनका लागि हामीले निर्णयलाई स्विकार गर्न आग्रह गरेका छौ । यो निर्णय नभएको अवस्थामा हाम्रो जागिर समेत प्रभावित बन्छ।'

लिग वानमा पीएसजीका खेलाडीले धेरै तलब बुझ्दै आएका छन् । क्लबले समेत खेलाडीसंग तलब कटौतीको बिषयमा छलफल गरिरहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP