सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

वर्ष २०७६ : ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी

शुक्रबार, चैत २८, २०७६विश्वास थापा
वर्ष २०७६ : ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी
Classic Tech Internet Ad

काठमाडौं । बिस २०७६ सालमा नेपालले निकै कम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेको छ । नेपालले यस वर्ष मात्र ४ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको राष्ट्रले एक वर्षमा ४ खेल मात्र खेल्नु लज्जाको विषय हो । सायद नेपाल एक वर्षमा कम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने राष्ट्रमा पर्दछ ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आफ्नो पहिलो सिरिज बाहेक अन्य एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेन । तर, नेपालले पहिलो पटक घरेलु भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो ।

सिरिजमा नेपालले अमेरिका र ओमानसँग खेलेको थियो ।

उक्त सिरिजसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि क्रिकेट मैदानले समेत एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

नेपालले कम एकदिवसीय खेलेसँगै नेपाली खेलाडीले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा यस वर्ष कम रन बनाउन सके ।

एकदिवसीय अन्तर्राष्ट्रियमा यसवर्ष सर्वाधिक रन बनाउने ५ नेपाली खेलाडीको चर्चा तल गरिएको छ ।

विनोद भण्डारी

Binod Bhandari - OMAN Cricket

यस वर्ष नेपालको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी विनोद भण्डारी हुन् । विनोदले ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १ सय २० रन बनाउन सफल रहे ।

यसवर्ष एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक सय रन कटाउने विनोद मात्र एकल खेलाडी हुन् । विनोदको एकदिवसीय अन्तराष्ट्रियमा औषत रन ४० को रह्यो ।

अमेरिकाविरुद्ध विनोदले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा ओमानविरुद्धको दुई खेलमा २६ र ३५ रन बनाए । लिग-२ को दोस्रो खेलमा विनोदले कुशल मल्लसँग उत्कृष्ट साझेदारी गर्दै नेपाललाई सम्मानजनक लक्ष्य प्रस्तुत गर्न महत्पूर्ण भूमिका खेलेका थिए ।

विनोदले ३ खेलमा १३ चौका २ छक्का प्रहार गर्दै नेपालको लागि सर्वाधिक रन बनाउने खेलाडी बने ।


पारस खड्का

Paras Khadka Latest News, Photos, Biography, Stats, Batting ...

पारस खड्का २०७६ मा नेपालको तर्फबाट एकदिवसीय अन्तराष्ट्रिय सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । पारसले ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८० रन बनाउन सफल रहे ।

पारसको एकदिवसीय अन्तर्राष्ट्रियमा औषत रन २० को रह्यो ।

ओमानविरुद्धको दोस्रो खेलमा पारसले बनाएको ३८ रन उनको यस वर्षको सर्वाधिक रन हो । उनले ओमानसँगको पहिलो खेलमा ३ रन बनाउँदा अमेरिकासँग क्रमस: १९ र २० रन बनाएका थिए ।

पारसले ४ खेलमा ११ चौका २ छक्का प्रहार गर्दै नेपालको लागि सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बने । यस वर्ष पारसको लागि सफल वर्ष रहेन ।


ज्ञानेन्द्र मल्ल

Gyanendra Malla Cricket Stats, News, Age, Batting Average, Bowling ...

कप्तान ज्ञानेन्द्र मल्ल यस वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । मल्ल पारस भन्दा १ रनले पछि परे । सबै खेलमा ओपनिङ गरेका उनले एक अर्धशतक सहित ७९ रन बनाए ।

यस वर्ष ज्ञानेन्द्रको लागि सफल वर्ष रहेन । उनले ओमानविरुद्धको खेलमा ५६ रन बनाएको स्कोर सर्वाधिक रह्यो । यस बाहेक उनको प्रदर्शन सम्झनलायक रहेन ।

मल्लको यसवर्ष एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा औषत रन १९ दशमलब ७९ को रह्यो ।

 

कुशल मल्ल

Kushal Malla – KhelNepal

यसै वर्ष डेब्यु गरेका युवा खेलाडी कुशलको लागि वर्ष २०७६ उत्कृष्ट रह्यो । डेब्यु खेलमा अर्धशतक बनाउदै विश्व कीर्तिमान बनाउन सफल रहे कुशल ।

अमेरिकाविरुद्धको खेलमा डेब्यु गरेका कुशलले अर्धशतक बनाउँदा कम उमेरमा अर्धशतक बनाउने विश्वका कान्छा खेलाडी बने । उनले नेपालकै रोहित पौडेलको कीर्तिमान तोडेका थिए ।

डेब्यु खेलमा विश्वको ध्यान तान्न सफल भएका कुशल यसवर्ष एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने तेस्रो नेपाली खेलाडी हुन् ।

कुशल कप्तान ज्ञानेन्द्र भन्दा १ रनले पछि परे । उनले २ खेलमा एक अर्धशतक सहित ७८ रन बनाए ।

मल्लको यस वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३९ को औषत रह्यो । अलराउण्ड प्रदर्शन गरेका कुशलले २ विकेट समेत हात पारे ।



शरद भेषवाकर

Sharad Vesawkar | Cricket Himalaya

शरद भेषवाकर २०७६ मा नेपालको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने पाँचौं खेलाडी हुन् । शरदले मात्र १ खेलमा ५५ रन बनाउन सफल रहे ।

शरदको एकदिवसीय अन्तर्राष्ट्रियमा औषत रन २० को रह्यो ।

ओमानविरुद्धको पहिलो खेलमा शरदले सर्वाधिक ५५ रन बनाएका थिए । त्यस खेलमा चोट बोकेका शरदले अन्य खेल गुमाउन पुगे ।

शरदले खेलमा ५ चौका प्रहार गरेका थिए । उनको स्ट्राइक रेट समेत ५० दशमलब ९२ को रहेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक