• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
यू–१९ क्रिकेट - गर्विलो ईतिहास, अन्यौल भविष्य
विश्वास थापा
मंगलबार, चैत २५, २०७६ विश्वास थापा
यू–१९ क्रिकेट - गर्विलो ईतिहास, अन्यौल भविष्य

काठमाडौं । सन् २००८ को यू–१९ आईसीसी विश्वकपमा नेपाल समूह चरण पार गर्न त सकेन तर नेपाल विश्वकपको प्लेट च्याम्पियनसिपको फाइनल खेल्न सफल भयो ।

फाइनलमा वेष्ट इण्डिजसँग ७ विकेट पराजित भएको नेपाल लगातार दोस्रो पटक उपाधि जित्न असफल भएको थियो ।

त्यसअघि सन् २००६ को आईसीसी यू–१९ विश्वकपमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनल र न्युजिल्याण्डलाई फाइनलमा पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो ।

नेपाल सन् २००२ को प्लेट च्याम्पियनसिपको उपविजेता समेत हो ।

एसोसियट राष्ट्रमा नेपाल प्लेट च्याम्पियनसिप जित्ने एक्लो राष्ट्र हो ।

तर, मलेसियामा भएको प्लेट च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गर्न सकेन ।

टेष्ट राष्ट्र जिम्बाबे सहित ३ खेलमा मात्र जित हात पार्न सक्यो । फाइनलमा वेष्ट इण्डिजसँग खराब ब्याटिङ गर्दा उपाधिबाट चुक्न पुग्यो ।

मलेसियामा भएको सो विश्वकप भारतले जित्यो ।

विराट कोहली कप्तानीमा रहेको भारतीय टिमले दोस्रो पटक उपाधि जित्दा रविन्द्र जडेजा, सिद्वार्थ कौल, मानिस पाण्डे जस्ता खेलाडी सामेल थिए ।

प्रतियोगिताको समूह 'सी’ मा नेपाल रहेको थियो । नेपालको समूहमा नामिबियासंगै टेष्ट राष्ट्र श्रीलंका र अष्ट्रेलिया थिए ।

प्रतियोगितामा नेपालको पाँचौ सहभागिता थियो ।

समूह चरणको पहिलो खेलमा श्रीलंकासंग ६१ रनले पराजित हुँदै नेपालले प्रतियोगिताको सुरुवात गरेको थियो । टेष्ट राष्ट्रविरुद्ध नेपालका युवा खेलाडीले राम्रो प्रर्दशन गरेका थिए ।

श्रीलंकाको टिममा दिनेश चन्डिमल, एन्जोलो म्याथ्युज, कुशल परेरा, थिसरा परेरा, लहिरु थिरिमाने जस्ता खेलाडी थिए । जो खेलाडी केही समय लगत्तै सिनियर राष्ट्रिय टिमको मुख्य खेलाडी बने ।

नेपालको दोस्रो खेल उपाधि दाबेदार अष्ट्रेलियासँग खेलेको थियो । टिममा हाल विश्वका नम्बर एक खेलाडी स्टिभ स्मिथ समेत रहेका थिए । अष्ट्रेलियाको टिममा फिलिप ह्युज, जेम्स फल्करनर, जेम्स प्याटिन्सन, जोस हेजलवुड जस्ता उत्कृष्ट खेलाडी रहेका थिए ।

खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो । अष्ट्रेलिया ३ बल बाँकी छदा २ सय ६ रनमा अल आउट भयो ।

उसका फिलिप ह्युजले सर्वाधिक ४६ रन, किर्क पास्कोले ३७, मिचेल कन्र्मेरले ३२, स्टिभले १७ र फल्कनरले २२ रन जोडेका थिए ।

फिलिपलाई नेपालका राहुल विश्वकर्मा, स्मिथलाई राज श्रेष्ठले आउट गर्दा फल्कनर, हेजलवुड र प्याटिन्सनलाई पारस खड्काले आउट गरेका थिए ।

नेपालतर्फ कप्तान पारसले ४, राज श्रेष्ठले ३ तथा राहुलले २ विकेट हात पारेका थिए ।

जवाफी ब्याटिङ गरेको नेपाल १ सय १० रनमा अल आउट भयो ।

राहुलले ३३ रन बनाउँदा ज्ञानेन्द्र मल्लले १७ र रोम श्रेष्ठ ले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

स्मिथले आकाश गुप्ता, राज र अमृत भट्टराईलाई आउट गरेका थिए । यस्तै पारस, ज्ञानेन्द्र र अनिल कुमार मण्डल भने प्याटिन्सनको बलमा आउट भएका थिए ।

विश्वका उत्कृष्ट मध्यका करिब सबै खेलाडीसंग नेपाली खेलाडीले उमेर समूहमा प्रतिस्पर्धा गरेका छन् । यो त एक खेलको झलक मात्र हो ।

सन् २००६ को आईसीसी यु १९ विश्वकपको प्लेट फाइनल जित्दा नेपालले टेष्ट राष्ट्र न्युजिल्यान्डलाई पराजित गर्यो । जुन टिममा मार्टिन गप्टिल सामेल थिए । उनै गप्टिलले केहि समयमा सिनियर टिमबाट खेल्दै विश्वका अब्बल खेलाडी बने ।

यो पनि : एक रनले विश्वकप पुग्न चुकेको नेपाल !

नेपालसँग उमेर समूहमा खेलेका खेलाडी विश्व क्रिकेटमा आफुलाई स्थापित गर्दै गर्दा नेपाली खेलाडीको भविष्य भने अन्यौलमा छ ।

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका कतिपय नेपाल खेलाडी अहिले पलायन छन्, क्रिकेटबाट टाढा छन् ।

उमेर समूहमा नेपालले यू–१९ विश्वकपमा सात पटक प्रतिस्पर्धा गरिसकेको छ । सन् २००० मा नेपालले पहिलो पटक यु–१९ विश्वकप खेलेको थियो । जसमा नेपालले आठौं स्थान प्राप्त गर्दै ईतिहास रचेको थियो ।

तर, सात पटक विश्वकप खेलेपनि नेपाल आठौं स्थान भन्दा माथि उक्लिन सकेको छैन । पहिलो सहभागिता र सन् २०१६ मा नेपाललाई आठौं स्थान हात पारेको थियो ।

नेपालले यू–१९ विश्वकपमा सधै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

नेपालले विभिन्न टेष्ट राष्ट्रलाई समेत पाखा लगाएको ईतिहास छ । नेपालले विश्वकपमा जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, न्युजिल्याण्ड र दक्षिण अफ्रिका जस्ता राष्ट्रलाई पराजित गरिसकेको छ ।

नेपालले यू–१९ विश्वकपमा पराजित गरेको राष्ट्रका खेलाडीले विश्व क्रिकेटमा ठुलो नाम कमाएका छन् तर । तर नेपाली खेलाडी भने अस्तव्यस्त घरेलु क्रिकेट संरचनाको सिकार बन्दै आएका छन् ।

पछिल्लो दुई संस्करणको यू–१९ विश्वकपमा नेपाल छनोट हुन समेत असफल छ ।

नेपालले लगातार दुई विश्वकप खेल्ने अवसर गुमाएको यो नै पहिलो हो ।

भद्रगोल क्रिकेट संरचना तथा खेलाडीलाई एक्सपोजर दिन नसक्दा नेपाली खेलाडीको प्रर्दशनमा खस्कदै गएको छ ।

नेपालविरुद्व खेलेका विश्वका स्टार ५ खेलाडी

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइपिएल स्थगित
आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
आइपिएल स्थगित
आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP