एजबेस्टन स्टेडियममा कोरोनाको परीक्षण केन्द्र निर्माण
शुक्रबार, चैत २१, २०७६खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डको एजबेस्टन क्रिकेट स्टेडियमलाई कोरोना भाईरस (कोभिड-१९) को परीक्षण केन्द्रको रुपमा प्रयोग गर्न थालिएको छ ।
काउन्टी क्रिकेट क्लब वारविक्शायरले कोरोनाको महामारीविरुद्ध लड्न प्रयोग गर्न अनुमति दिएसँगै एजबेस्टन स्टेडियमलाई परीक्षण केन्द्र बनाईएको हो ।
एजबेस्टन स्टेडियमलाई अहिले कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) ले प्रयोग गरिरहेको छ ।
एनएचएसले स्टेडियमलाई परीक्षण केन्द्रसँगै औषधि भण्डारण, डाक्टर तथा नर्सहरुको प्रशिक्षण स्थलको रुपमा प्रयोग गर्ने छन् ।
यस्तै क्लबले एनएचएसका कर्मचारीलाई भिटालिटि ब्लास्ट प्रतियोगितामा निशुल्क प्रवेशको व्यवस्था गर्ने तयारी समेत गरेको छ ।
कोरोनाको कारण इंग्ल्यान्डमा क्रिकेट गतिविधि मे २८ सम्म स्थगित गरिएको छ ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

