• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको उच्च 'स्कोर'
विश्वास थापा
शुक्रबार, चैत २१, २०७६ विश्वास थापा
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको उच्च 'स्कोर'

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको राष्ट्र हो । नेपालले पहिलो पटक सन् २०१८ मा ४ वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसंगै नेपालले स्वत: टी-ट्वान्टी अन्तर्राष्ट्रियको समेत मान्यता पाएको थियो ।

तर, टी-ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता भने नेपालले सन् २०१४ मा पहिलो पटक पाएको थियो । दुई वर्षको लागि पाएको मान्यता नेपालले जोगाउन नसक्दा नेपाल पुन: एसोसियट राष्ट्रमा मात्र सिमित भएको थियो ।

अहिले नेपाललाई टेष्ट बाहेक सबै मान्यता रहेको छ । नेपालले सन् २०२२ सम्म यो मान्यता पाउने छ ।

नेपालले यी दुवै फर्म्याटमा बनाएको सर्वाधिक रनको चर्चा तल गरिएको छ ।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय

नेपालले ३४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकपमा नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेको थियो ।

त्यसयता नेपालले ३४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । जसमा नेपालले १६ जित र १७ मा हार व्यहोरेको छ भने एक खेल भने नतिजा विहिन टुङ्गिएको छ ।

नेपालले खेलेको टी-ट्वान्टी अन्तर्राष्ट्रिय मध्ये भुटानविरुद्ध बनाएको २ सय ३६ रन सर्वाधिक रन हो ।

सन् २०१९ मा कीर्तिपुरमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानविरुद्ध कीर्तिमानी रन बनाएको थियो ।

पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले ।

५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए । शतकसंगै मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बने । त्यसअघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।

यस्तै भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उपकप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाएका थिए ।

खेलमा नेपालले भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित हात पार्यो । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै फराकिलो जित समेत हो ।

नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनायो ।

नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १/१ विकेट लिए ।

नेपालले भुटानविरुद्ध बनाएको २ सय ३६ रनको योगफल विश्वको सर्वाधिक रन बनाउने टी ट्वान्टी अन्तराष्ट्रिय खेलमा १९ औं स्थानमा रहेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय

नेपालले हालसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको २२ वर्षपछि अर्थात सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउने मौका पायो ।

त्यसै वर्ष जिम्बाबेमा भएको आईसीसी विश्वकप छनोट प्रतियोगिताबाट नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

नेपालले प्रतियोगिताको समूह चरणको दोस्रो अन्तिम खेलमा पपुवा न्युगिनीविरुद्ध ६ विकेटको जित हात पार्यो । जितेपनि नेपाल विश्वकपमा छनोट हुन सकेन तर नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने सुनौलो अवसर बाँकी थियो ।

लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको २ वर्षमा नेपालले १० खेल खेलेको छ । जसमा नेपालले ५ खेलमा जित र ५ खेलमा हार व्यहोरेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध बनाएको २ सय ५५ रन सर्वाधिक रन हो ।

युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछाएको नेपाल ४ विकेटले विजयी भएको थियो । नेपालले ४४ ओभर ४ बलमा ६ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा खेलमा नेपालले बनाएको हालसम्मको यो उच्च स्कोर हो ।

नेपालको जितमा तत्कालिन कप्तान पारसले १ सय १५ रनको शतकीय इनिङस खेले । हालसम्म पनि नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने पारस एकल खेलाडी हुन् ।

यस्तै खेलका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडेका थिए । त्यस्तै नेपालका लागि सोमपाल कामीले अविजित २६ तथा आरिफ शेखले अविजित २१ रन बनाएका थिए।

त्यस जितसँगै नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको थियो । युएईमा भएको ३ खेलको सिरिज नेपालले २-१ ले जितेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइपिएल स्थगित
आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
आइपिएल स्थगित
आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP