क्रिकेटको 'डीएल' नियमका निर्माता टोनीको निधन
बिहिबार, चैत २०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । क्रिकेट खेलको डकवर्थ लेविस अर्थात 'डीएल' नियमका निर्माता मध्येका एक टोनी लेविसको निधन भएको छ ।
इंग्ल्यान्डमा बुधबार ७८ वर्षको उमेरमा लेविसको निधन भएको हो । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बिहिबार लेविसको निधन भएको जनाएको छ ।
वर्षाले खेल रोकिएपछि अपनाईने 'डीएल' पद्दति सन् १९९६-९७ मा जिम्बावे र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय खेलमा प्रयोग गरिएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् १९९९ को विश्वकपबाट यस नियमलाई अपनाएको थियो ।
लेविसले फ्रान्क डकवर्थसँग मिलेर यस नियमको निर्माण गरेका थिए । जसको कारण दुवैको नामलाई समावेश गर्दै छोटकरीमा यस नियमलाई डीएल भनिदै आएको छ ।
गणित बिषयको प्राध्यापक रहेका लेविसको निधनमा आईसीसीले समेत समवेदना प्रकट गरेको छ ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

