न्युजिल्याण्डका क्रिकेटर डानियलद्वारा सन्यास
बिहिबार, चैत २०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । न्युजिल्याण्डका पूर्व क्रिकेटर डानियल फ्लिनले क्रिकेट खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
न्युजिल्याण्डका पूर्व ओपनर डानियलले १६ वर्षे क्रिकेट जीवनबाट बिहिबार सन्यास लिएका हुन् ।
उनले न्युजिल्याण्डका लागि २४ टेष्ट, २० एकदिवसीय र ५ टी-ट्वान्टी खेलेका छन् । जसमा कुल १३ सय २५ रन बनाएका छन् ।
३४ वर्षीय डानियलले नर्दन जिल्लाबाट घरेलु प्रतियोगिता खेल्दै आएका थिए । उनले १०० फस्ट क्लास क्रिकेटमा २० शतक बनाएका छन् । उनले ७२ खेलमा कप्तानी समेत गरेका छन् ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

