एजेन्सी । कोरोना भाईरसको कारण इन्ग्लिश क्लबमा देखिने आर्थिक प्रभावलाई रोक्न कठिन निर्णय गर्नु पर्ने आवश्यकता रहेको सरोकारवाला निकायले निचोड निकालेको छन् ।
प्रिमियर लिग, इन्ग्लिश फुटबल लिग र प्रोफेसनल फुटबलर एसोसियसनले कोरोनाको कारण क्लबहरु चरम आर्थिक संकटमा पर्न सक्ने उल्लेख गर्दै त्यसका लागि एक कठिन निर्णय ल्याउन सहमत भएका हुन् ।
प्रिमियर लिग, ईएफएल र पीएफए कोरोना प्रभावित क्लबको सहयोगका मिलेर अघि बढ्न समेत सहमत भएका छन् ।
'समधानका लागि सँगै मिलेर काम गर्न सहमत भएका छौँ,' विज्ञप्तिमा भनिएको छ ।
कोरोनाको कारण इंग्ल्यान्डमा फुटबल गतिविधि अप्रिल ३० सम्म बन्द गरिएको छ । कोरोना पूर्ण रुपमा निर्मुल भएपछि बल्ल लिगहरु सुचारु हुने बताईएको छ ।
प्रिमियर लिग, ईएफएल र पीएफएले थप निर्णय गर्न अर्को साता बैठक बोलाएको छ । उक्त बैठकले क्लब, खेलाडी, कर्मचारी, समर्थकहरुको कठिन परिस्थितिको सामना गर्न संयुक्त योजना तर्जुमा गरिने बताईएको छ ।