एजेन्सी । कोरोना भाईरसबाट संक्रमित चेल्सी स्टार क्यालुम हड्सन ओडोई पूर्ण रुपमा निको भएका छन् ।
चेल्सी म्यानेजर फ्रान्क लाम्पार्डले सो कुराको पुष्टि गर्दै ओडोई पूर्ण रुपमा निको भएको बताएका छन् ।
१९ बर्षका ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडीलाई महिनाको सुरुवातमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
ओडोई कोरोनाबाट संक्रमित हुने प्रिमियर लिगका पहिलो खेलाडी हुन् ।
'पहिलो हप्ता उसंग कुरा गर्दा एक कठिन समय थियो ।' लाम्पार्डले भने, 'उनी धेरै पिडित भएनन् । हामीलाई खुसी लाग्छ, उनी यस माध्यमबाट आएका छन् ।'

प्रिमियर लिगको तालिकामा चेल्सी चौथो स्थानमा छ ।
ब्रिटिस सरकारले प्रियिमर लिग कम्तिमा मार्च १३ सम्मका लागि स्थगित गरिदिएको छ ।