एजेन्सी । इन्ग्लिश क्लब वेष्ट ह्यामले लिभरपुलका गोलकिपर लोरिस कारियस अनुबन्धको लागि चासो देखाएको छ ।
वेष्ट ह्यामले लोनमा टर्किस क्लब बेसिकाट्समा रहेका लोरिस अनुबन्धको लागि इच्छा देखाएको हो ।
टिमका गोलकिपरले चोट बोकेपछि वेष्ट ह्यामले लोरिस अनुबन्धको प्रयास थालेको हो । लोरिसका लागि आउने समरमा वेष्ट ह्यामले ४.५ मिलियन खर्च गर्ने समेत बताईएको छ ।
सन् २०१६ एनफिल्ड आएका लोरिसले सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलमा खराब प्रदर्शन गरेका थिए । उनको दुई गल्तीले फाइनलमा लिभरपुल रियल मड्रिडसँग पराजित भएको थियो ।
च्याम्पियन्स लिगको फाइनलमा खराब प्रदर्शन गरेपछि लिभरपुलले लोरिसलाई लोनमा बेसिकाट्स पठाएको थियो ।
लोरिसले टर्किस क्लबका लागि ३२ खेल खेलिसकेका छन् ।