एजेन्सी । म्यान्चेष्टर सिटीले युभेन्ट्सका डिफेन्डर लियोनार्दो बोनुचीलाई अनुबन्धन गर्ने ईच्छा देखाएको छ ।
सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले युभेन्ट्सका डिफेन्डर अनुबन्धन गर्ने लक्ष्य सहित छलफललाई अघि बढाएका छन् ।
सेन्टर ब्याक भिसेन्ट कोम्पनी क्लबबाट बाहिरिनु र आयमेरिक लापोर्टे लामो समयलाई घाईत हुनुले सिटीमाथि नयाँ डिफेन्डर थप्नु पर्ने दबाब छ ।
३२ बर्षका अनुभवी डिफेन्डर अनुबन्धन गर्दा क्लबको डिफेन्समा देखिएको समस्या हल हुने ग्वार्डिओलाको विश्वास छ ।
निकोलस ओटामेन्डी र जोन स्टोन्सबाट अपेक्षा अनुसारको प्रर्दशन हुन नसकेपछि ग्वार्डिओला समस्यामा छन् ।
युभेन्ट्स समेत उत्कृष्ट प्रर्दशन गरिरहेका डिफेन्डरलाई गुमाउन चाहदैन । प्रशिक्षक मौरिजियो सर्री समेत ईटालीका अन्तराष्ट्रिय डिफेन्डर आफ्नो योजनाको महत्वपूर्ण सदस्य रहेको बताउने गरेका छन् ।

बोनुचीका प्रशंसक हुन्, ग्वार्डिओला ।
उनले सन् २०१७ मा बोनुचीको प्रशंसा गर्दै भनेका थिए, ‘उनी चरित्र, व्यक्तित्वको मामिलामा एक असधारण खेलाडी हुन् । उनी हरेक कुरामा राम्रा छन् ।’
बोनुची विवादास्पद रुपमा सन् २०१७ मा एसी मिलान गएका थिए । तर एक सिजन लगत्तै उनी युभेन्ट्स फर्किए ।
टुरिन फर्किने बित्तिकै उनले टिममा मौका पाए । पछिल्लो बर्ष ४१ म्याच खेलेका उनले चालू सिजनमा ३४ म्याच खेलिसकेका छन् ।