कोरोनाविरुद्ध लड्न डी गियाद्वारा ३ लाख युरो सहयोग
शुक्रबार, चैत १४, २०७६खेलपाटी संवाददाता

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गियाले कोरोना भाईरसविरुद्ध लड्न ३ लाख युरो सहयोग गरेका छन् ।
डी गियाले कोरोना भाईरसको महामारीविरुद्ध लड्न घरेलु शहर मड्रिडमा ३ लाख सहयोग गरेका हुन् । २९ वर्षे स्पेनिस गोलकिपर डी गिया मड्रिडमा जन्मिएका थिए ।
उक्त सहयोगले स्पेनिस राजधानीको कोरोना प्रभावितको उपचारका लागि मेडिकल सामग्री खरिद गरिने छ ।
मड्रिड कम्युनिटीका अध्यक्ष इसाबेल डियाजले आर्थिक सहयोगका लागि डी गियालाई धन्यवाद दिएकी छिन् ।
चीनबाट फैलिएको कोरोनाले स्पेन पनि निकै प्रभावित भएको छ ।







-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



