एजेन्सी । विश्व विजेता रोबर्टो कार्लोसले ब्राजिली स्टार नेयमार रियल मड्रिडमा आएको हेर्न चाहेको बताएका छन् ।
ब्राजिली लिजेण्ड कार्लोसले धेरै समय अगाडी देखिनै स्टार फरवार्ड नेयमारले रियलबाट खेलेको हेर्न चाहेको उल्लेख गरेका हुन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार पछिल्लो समय बार्सिलोना फर्कने तयारी गरेका छन् । उनी सन् २०१७ मा बार्सिलोनाबाट फ्रान्स लागेका थिए । रियल समेत ब्राजिली स्टारलाई अनुबन्धन गर्न चाहन्छ ।
ब्राजिल तथा रियलका लिजेण्डले धेरै पहिले देखिनै नेयमारलाई स्यान्टियागो वर्नवेउमा चाहेको बताएका छन् ।
कार्लोसले एक रेडियो अन्तरवार्तामा भनेका छन्, 'यदी मेरो हातमा हुन्थ्यो भने, नेयमार धेरै अगाडी रियल आउथे । तर जिवन त्यस्तो नि भएन ।'
'एक महान खेलाडीले सबै संसारको सर्वोकृष्ट क्लबका लागि खेल्नुपर्छ । रियल मड्रिड आज कुनैपनि खेलाडीका लागि उपयुक्त रहेको देख्न सकिन्छ ।' उनी भन्छन ।
'तिमी च्याम्पियन्स लिग जित्न चाहन्छौ ? रियल मड्रिड आउ ।' उनले थपे ।
रियल मड्रिडका मिडफिल्डर क्यासमिरोले भने नेयमारलाई रियल मड्रिडमा जोड्न आफ्नो चाहना रहेको बताएका थिए ।
'नेयमार रियल आएको हेर्न चाहन्छु । मैले धेरै पटक भनेको छु । उनी एक महान खेलाडी हुन् ।' क्यासमिरोले भने ।
कार्लोसले रियलबाट चार ला लिगा सहित तीन च्याम्पियन्स लिग जिेतका थिए । उनले सन् २००२ मा ब्राजिलबाट विश्वकप समेत हात पारेका थिए ।
रियल मड्रिड ला लिगाको उपाधि होडमा छ । लिग तालिकामा शीर्ष स्थानको बार्सिलोना भन्दा दुई अंकले पछाडी छ । कोरोना भाईरसको कारण लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ ।