एजेन्सी । चेल्सी विङ्गर पेड्रोले लण्डन क्लब छोड्ने भएका छन् । क्लबसंगको सम्झौता सकिए लगत्तै उनले चेल्सी छोड्ने निर्णय लिएका हुन् ।
स्टामफोर्डब्रिजमा पेड्रोको भविष्यलाई लिएर विभिन्न आशंका गरिदै आएको थियो । मुख्य प्रशिक्षकमा फ्रान्क लाम्पार्ड आएपछि युवा खेलाडीले धेरै अवसर पाएका छन् । जसले गर्दा पेड्रोले चाँडै चेल्सी छाड्ने धेरैको अनुमान थियो ।
कोरोना भाईरसको महामारीको दौरान पेड्रोले अधिकाश समय नयाँ क्लब खोज्नमा दिएका छन् । पश्चिम लण्डन क्लबमा आफ्नो भविष्य नरहेको बारे उनी जानकार छन् ।
उनले एक अन्तरवार्तामा भनेका छन्, 'म मेरो सम्झौता सक्दै छु । अहिले यो महत्वूर्ण चिज हैन । मैले यस बिषयमा सोच्न बन्द गरिरहेको छु ।'
'यो समय सबै एकजुट भएर सहानुभुती देखाउने समय हो । मेरो भविष्यको बारेमा जे भएपनि अहिले महत्वपूर्ण हैन । हामी यो पनि जान्दैनौ कि हामी कहिले प्रशिक्षणमा फर्कनेछौ ।' उनले भने ।
'हामी एकान्तवासमा छौ । हाम्रो एक सहकर्मीलाई कोरोनाको संक्रमण देखिएको छ । उनी निको भएका छन् । हामी उनीसंग खुसी छौ ।' पेड्रोले भने ।

पेड्रोको देश स्पेन कोरोनाबाट धेरै प्रभावित बनेको छ । ईटालीपछि सबै भन्दा बढी स्पेनका मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् ।
चेल्सी स्टार पेड्रोले पाँच बर्षको चेल्सी बसाईको क्रममा २ सय १ म्याचमा ४३ गोल गरे ।
पेड्रोले चेल्सीबाट प्रियिमर लिग, एफ ए कप, युरोपा लिग जितेका छन् ।
ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले तीन हप्ता लकडाउनको आदेश दिएका छन् । ब्रिटेनमा अहिलेसम्म ८ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
प्रिमियर लिग कम्तिमा अप्रिल ३० सम्म स्थगित गरिएको छ ।