बर्नलीले कर्मचारीको तलब नरोक्ने
बिहिबार, चैत १३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब बर्नलीले कोरोना भाईरसको कारण सम्पूर्ण फुटबल गतिविधि बन्द भएपनि आफ्ना कर्मचारीलाई तलब दिने भएको छ ।
इंग्ल्यान्डका आगामी अप्रिल अन्तिम सातासम्म फुटबल गतिविधि बन्द भएपनि म्याच डे र म्याच डे बाहेकका सम्पूर्ण कर्मचारीलाई तलब दिने बर्नलीले जनाएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित गरिएको छ । लिग स्थगित भएपनि बर्नलीले आफ्ना कर्मचारीलाई तलब उपलब्ध गराउने भएको हो ।
यस सिजन लिगमा बर्नली १० औं स्थानमा रहेको छ । बर्नलीले ९ खेल खेल्न बाँकी रहेको छ ।
यस अघि म्यानचेस्टर युनाइटेडले पनि आफ्ना म्याच डेका कर्माचारीलाई तलब उपलब्ध गराउने निर्णय गरेको थियो ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

