एजेन्सी । आसियन फुटबल फेडेरेसन (एएफएफ) ले आगामी चार महिनाभित्र तय भएको सम्पूर्ण फुटबल प्रतियोगिता स्थगित गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसलाई मध्येनजर गर्दै एएफएफले आफ्नो क्षेत्रमा हुने आउने चार महिनाको प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
एएफएफको निर्णयसँगै आगामी मे महिनामा तय भएको एएफएफ वुमन्स च्याम्पियनसिप, एएफएफ यू-१८ वुमन्स च्याम्पियनसिप तथा पुरुषको एएफएफ यू-१६ र यू-१९ प्रतियोगिता स्थगित भएको छ ।
त्यस्तै सेप्टेम्बरमा आयोजना हुने एएफएफ यू-१५ गर्ल्स च्याम्पियनसिप, एएफएफ फुटसल च्याम्पियनसिप, एएफएफ क्लब फुटबल च्याम्पियनसिप र एएफएफ विच सकर च्याम्पियनसिप समेत स्थगित भएको छ ।
एएफएफले फिफा र एएफसीसँगको छलफलपछि उक्त प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।