जर्मन बुन्डेस लिगा अप्रिल ३० सम्म स्थगित
बुधबार, चैत १२, २०७६खेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबल आगामी अप्रिल ३० सम्मका लागि स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल ३० सम्म स्थगित गर्ने निर्णय गरेको हो ।
यस्तै दोस्रो डिभिजनको लिग समेत अप्रिल ३० सम्म स्थगित गरिएको जर्मन फुटबल लिगले जनाएको छ ।
कोरोनाको कारण यस अघि बुन्डेस लिगा आगामी अप्रिल २ सम्मका लागि स्थगित गरिएको थियो । तर, कोरोनाको प्रकोप कायम रहेपछि अप्रिल अन्तिमसम्म लिग बन्द गर्न लागिएको हो ।
चीनबाट फैलिएको कोरोनाको महामारीले जर्मनी समेत प्रभावित भएको छ ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

