एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनले कोरोनाको कारण स्थगित प्रिमियर लिग पुन: सुचारु हुँदा आफु पुर्णरुपमा फिट हुने बताएका छन् ।
ह्यामस्ट्रिङ चोटको शल्यक्रिया गरेर आराम गरिरहेका केनले आफु २ देखि ३ हप्तामा पूर्ण फिट हुने दाबी गर्दै सिजनको बाँकी खेल खेल्न बताएका हुन् ।
'म धेरै टाढा छैन । सामान्यतया दुई वा तीन हप्ताको समयमा टिममा फर्कने छु,' केनले क्लबको वेबसाइटसँग भनेका छन् ।
ह्यामस्ट्रिङ चोटको कारण केनले जनवरी १ बाट खेलेका छैनन् । उनले यस सिजन १७ गोल गरिसकेका छन् ।
कोरोनाको कारण प्रिमियर लिग आगामी अप्रिल ३० सम्म स्थगित गरिएको छ ।
जसको कारण केनले बाँकी खेल खेल्ने विश्वास लिएका छन् । मैदान फर्कन केनले समेत मेहेनेत गरिरहेको बताएका छन् ।
'निकै राम्रो चरणमा छु । धेरै राम्रो भईरहेको छ । फिटनेसलाई बढाउन काम गरिरहेको छु,' केनले थपे ।