एजेन्सी । ब्राजिली लिजेण्ड काफुले लियोनल मेस्सी भन्दा नेयमार प्राविधिक रुपमा अब्बल खेलाडी रहेको बताएका छन् ।
दुवै खेलाडी अर्को सिजन जोडीको रुपमा पुन खेल्ने सम्भावना बढ्दो छ ।
नेयमार र मेस्सीले सन् २०१३ देखि २०१७ सम्म संगै बार्सिलोनाबाट खेलेका थिए ।
नेयमारले समेत आफुलाई बार्सिलोना पठाउन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग अनुरोध गरेका छन् ।
मेस्सी र रोनाल्डोले संयुक्त रुपमा ११ पटक बर्षको सर्वोकृष्ट फुटबलरको अवार्ड वालेन डी ओर जितेका छन् ।
तर दुई पटकका विश्व विजेता काफुले तुलनात्मक रुपमा नेयमार प्राविधिक रुपमा अब्बल भएको दाबी गरेका छन् ।
फोक्स स्पोर्ट्ससंगको एक अन्तरवार्तामा काफुले भनेका छन्, 'आज जहासम्म प्राविधिक रुपमा, त्यहा कुनै खेलाडी नेयमार भन्दा उत्कृष्ट छैन । मेस्सी पनि छैनन् । जसको म एक ठुलो प्रशंसक हुँ ।'
'विश्वले चाहेको कुरा भनेको नेयमारले फुटबल खेलिरहेको देख्नु हो । उ आफुलाई फुटबलमा समर्पण गर्नका लागि हो ।' काफुले भनेका छन् ।
नेयमारले यस सिजन पीएसजीका लागि १६ गोल गरेका छन् । यता मेस्सीले बार्सिलोनाका लागि २१ गोल गरेका छन् ।
ब्राजिली स्टार नेयमार पुन नाउ क्याम्प फर्कने सम्भावना रहेको छ । कीर्तिमानी मुल्य २ सय मिलियन पाउण्डमा फ्रान्स पुगेका उनी तीन बर्षमै बार्सिलोना फर्कन लागेका हुन् ।
बार्सिलोना समेत फिफा नियमलाई सक्रिय बनाएर नेयमारलाई पुन अनुबन्धन गर्न चाहेको छ ।
काफुले ब्राजिली टिममा नेयमारको महत्वलाई समेत जोड दिएका छन् ।
४९ बर्षका काफुले भनेका छन्, 'जब उनले राम्रो खेल्छन् । ब्राजिली राष्ट्रिय टिमले राम्रो खेलेको छ । उनी एक खेलाडी हुन्, जसलाई ब्राजिलको फुटबलमा भिन्नता ल्याउन आग्रह गरिएको थियो ।'
'परिपक्कताको समय बितेको छ । उनी अहिले पीएसजीको लिडर बनेका छन् । उनी विश्वका सबै भन्दा महङ्गा खेलाडी हुन् ।' उनले थपेका छन् ।