एजेन्सी । चेल्सी स्टार विलियन ब्राजिल फर्किएका छन् । लण्डन क्लबसंग अनुमती माग्दै विलियन स्वदेश फर्किएका हुन् ।
चेल्सीले क्लबका सदस्यलाई एकान्तवासमा रहन अनुमती दिएको छ ।
विङ्गर क्यालुम हुडसन ओडीईलाई महिनाको सुरुवातमै कोरोना भाईरसको संक्रमण देखिएपछि सबै खेलाडी एकान्तवासमा बसेका हुन् ।
चेल्सीले अप्रिल ६ बाट क्लबको अभ्यास सुरु गर्ने लक्ष्य राखेको छ । तर प्रतिकुल अवस्थामा प्रिमियर लिग समेत अनिश्चित बनेको अवस्था छ ।
म्यान्चेष्टर सिटीले समेत आफ्ना खेलाडीलाई एकान्तवासमा बस्न अनुमती दिएको छ ।
सोही अनुसार खेलाडीहरु परिवारसंग एकान्तवासमा रमाईरहेका छन् ।
प्रिमियर लिग तत्कालका लागि अप्रिल ३० सम्म स्थगित छ । तर समय अझ लम्बिन सक्ने बताईएको छ ।
सोमबार मात्र ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको घोषणा गरेका थिए । बेलायत लगायतका युरोपेली देश कोरोनाको संक्रमणबाट बढी प्रभावित छन् ।
मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर हिडडुल गर्न बन्देज गरिएको छ ।
विलियन पछिल्ला तीन हप्तामा बेलायतबाट घर फर्कने पहिलो प्रिमियर लिग फुटबलर हुन सक्ने बताइएकाे छ ।
लण्डन क्लबसंगको विलियनको सम्झौता जुनमा सकिदैछ । चेल्सीसंग नयाँ सम्झौताका लागि विलियन तयार समेत छन् ।
विलियन पछिल्लो समय जोसे माउरिन्हो नेतृत्वको टोटेनहमसंग समेत जोडिएका छन् । आर्सनलले समेत उनलाई अनुबन्धन गर्न ईच्छा देखाईरहेको छ ।