एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले कोरोना भाईरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छ ।
आर्सनलले कोरोनाविरुद्ध लड्न १ लाख पाउण्ड सहयोग गरेको हो ।
द आर्सनल फाउन्डेसनले कोरोनाविरुद्ध लडिरहेको स्थानीय परोपकारी संस्था र संस्थाहरूलाई उक्त सहयोग दिएको जनाएको छ ।
सामाजिक उत्तरदायीत्व वहाँ गर्ने उदेश्यले उक्त रकम सहयोग गरिएको आर्सनलले जनाएको छ।
चीनबाट फैलिएको कोरोनाको कारण विश्व खेलकुद ठप्प रहेको छ । तर, विश्वका क्लब र खेलाडीले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गर्दै आइरहेको छ ।
आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई समेत कोरोनाको संक्रमण देखिएको छ । तर, अर्टेटा पूर्णरुपमा ठिक भईसकेका छन्।