एजेन्सी । लियोनल मेस्सीले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका छन् ।
कोरोना संक्रमणबिरुद्व लड्न मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेका हुन् ।
अस्पतालले मेस्सीले गरेको सहयोगलाई पुष्टि गर्दै कोरोनाबिरुद्वको अभियानमा सो रकम खर्च हुने जनाएको छ ।
सोही प्रकृतिको सहयोग बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले समेत गरेका छन् । बार्सिलाना क्षेत्रमा मेडिकल सामाग्री खरिदका लागि ग्वार्डिओलाले समेत १ मिलियन युरोनै सहयोग गरेका हुन् ।
स्पेन कोरोनाबाट प्रभावित युरोपेली मुलुक हो । जसमा बार्सिलोना क्षेत्र समेत बढी प्रभावित छ ।