एजेन्सी । म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाईरसबिरुद्व लड्न १ मिलियन युरो सहयोग गरेका छन् ।
युरोपेली क्लब फुटबलका हाई प्रोफाईलका स्पेनिस प्रशिक्षकले कोरोनाबिरुद्व लड्न स्पेनलाई १ मिलियन युरो सहयोग गरेका हुन् ।
बार्सिलोनाको घरमा रहेको समय उनले विगत केही दिन यता आफ्ना वकिलसंग पैसा प्रयोग गर्ने उत्तम तरिकाको लागि काम गरिरहेका थिए ।
सहयोग रकम बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानमा जानेछ ।
कोरोनाको संक्रमणबाट प्रभावित हुने युरोपेली मुलुकमा स्पेन पनि एक हो ।
आधिकारिक सुचना अनुसार स्पेनमा २ हजार ६ सय ९६ जना मानिसको ज्यान गएको छ भने करिब ४० हजार मानिस संक्रमित बनेका छन् ।
ग्वार्डिओलाको सहयोग रकम अस्पतालमा भर्ना भएकाको उपचारमा संलग्न अस्पतालका कर्मचारीको लागि मेडिकल उपकरण र सुरक्षा सामाग्री खरीदमा खर्च गरिनेछ ।
स्पेनको क्याटलान क्षेत्र कोरोनाबाट बढि प्रभावित छ ।