एजेन्सी । चीनबाट फैलिएको कोरोना भाईरसको कारण अहिले विश्व आतंकित बनेको छ ।
विश्वका अधिकांस देशहरु लकडाउन रहेको छ । कोरोनाको संक्रमणलाई मध्येनजर गर्दै सरकारले जनतालाई घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।
कोरोनाकै कारण विश्व खेलकुद समेत ठप्प रहेको छ । खेलकुद ठप्प रहदा विश्व भरका खेलाडी पनि लकडाउनमा रहेका छन् ।
लकडाउन रहेका अधिकांस खेलाडीहरु परिवारसँग रमाईरहेका छन् । जसमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पनि एक हुन् ।
इटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डो अहिले पोर्चुगलको माडिरास्थित आफ्नो घरमा रहेका छन् । कोरोनाको कारण इटालियन लिग स्थगित भएपछि रोनाल्डो पोर्चुगल फर्किएका हुन् ।
कोरोनाको कारण घरमै रहेका रोनाल्डो अहिले चर्चामा रहेका छन् । कारण उनको 'टपलेस पोज' ।
रोनाल्डो मंगलबार सार्वजनिक भएको एक फोटोको कारण चर्चामा रहेका छन् ।
रोनाल्डोले आफ्नो घरको जिममा आफ्ना बहिनीहरुसँग टपलेस पोज दिएर फोटो खिचाएका छन् । उनले आफ्नो शरीरको सिक्स प्याकको प्रदर्शन गरेका छन् ।
यस सिजन रोनाल्डोले क्लबका लागि ११ खेलमा १३ गोल गरेका छन् ।