एजेन्सी । इंग्ल्यान्डकी डिफेन्डर लुसी ब्रोन्जले 'बीबीसी वुमन्स फुटबलर अफ दि इयर' अवार्ड हात पारेकी छिन् ।
विश्वका फुटबल समर्थकबाट सर्वाधिक भोट प्राप्त गर्दै लुसी वर्षको उत्कृष्ट महिला खेलाडी चुनिएकी हुन् ।
लियोनका डिफेन्डर लुसीले दोस्रो पटक यस अवार्ड जितेकी हुन् । यस अघि उनले सन् २०१८ मा यस अवार्ड जितेकी थिईन् ।
'दोस्रो पटक अवार्ड जित्नु मेरो लागि विशेष छ । किनकी यो अवार्ड जित्न कठिन छ,' उनले भनिन् ।
यस अवार्ड जित्ने क्रममा लुसीले नेदरल्यान्ड्सकी भिभिन्ने मेईडेमा र मेगान रापिनोएलाई पछि पारिन् ।
अवार्डका मनोनित अन्य खेलाडीमा अष्ट्रेलियाकी साम केर र अमेरिकाकि जुली एर्ट रहेकी थिइन् ।


