एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेता कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।
कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका प्रशिक्षक अर्टेटाले आफु कोरोनाबाट मुक्त भएको बताएका छन् ।
स्पेनिस टेलिभिजनसँग कुरा गर्दै अर्टेटाले कोरोना भाईरसले छाड्दै गर्दा आफुलाई निकै राहत महसुस भएको बताए ।
'कोरोनाको लक्षणले छोड्दा मलाई बढी राम्रो महसुस भईरहेको छ,' अर्टेटाले भने, 'अहिले मलाई धेरै राम्रो छ । अब मलाई निको भएको जस्तो लाग्छ।'
अर्टेटालाई गत मार्च १२ मा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । अर्टेटालाई कोरोना देखिएपछि आर्सनलका खेलाडीहरु पनि आइसोलेसनमा बसेका थिए ।