एजेन्सी । इन्ग्लिश क्लब चेल्सीले वेष्ट ह्यामका मिडफिल्डर डेक्लान राइसलाई अनुबन्धको लागि चासो देखाएको छ ।
चेल्सीले क्लबको डिफेन्सिभ मिडफिल्ड बलियो बनाउन राइसलाई ल्याउने तयारी गरेको स्काई स्पोर्ट्सले जनाएको छ ।
चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्टले राइस अनुबन्धको लागि बोर्डमा छलफल समेत गरेका छन् ।
२१ वर्षे युवा मिडफिल्डर राइस चेल्सीका अट्याकिङ मिडफिल्डर मासन माउन्टका नजिकका साथी समेत हुन् । दुवैले चेल्सीको एकेडेमीबाट सँगै खेलेका थिए ।
रिपब्लिक आयरल्याण्डका पूर्व खेलाडी समेत रहेका राइसले यस सिजन प्रिमियर लिगमा २९ खेल खेलेका छन् ।
