एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका विंगर जाडोन सान्चो सर्वाधिक मूल्यवान युवा फुटबल खेलाडी बनेका छन् ।
फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको तथ्यांकअनुसार सान्चो सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये सर्वाधिक मूल्यवान खेलाडी बनेका हुन् ।
इंग्ल्याण्डका फरवार्ड सान्चोको मूल्य १९८.५ मिलियन युरो रहेको छ । उनले आफ्नै क्लबका अर्लिङ हालाण्डलाई पछि पारे ।
यसै सिजन डर्टमण्ड आएका नर्वेका फरवार्ड हालाण्डको मूल्य १०१.० युरो रहेको छ ।
तेस्रो स्थानमा रहेका रियल मड्रिडमा युवा स्टार रोड्रिगोको मूल्य ८८.९ मिलियन युरो रहेको छ ।
यस्तै चौंथो स्थानमा रहेका रियलकै भिनिसियस जुनियरको मूल्य ७३.९ मिलियन युरो र पाँचौं स्थानमा रहेका चेल्सीका कलम हुड्सन ओडोईको मूल्य ७२.३ मिलियन युरो रहेको छ ।
