एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मंगलबारबाट सुचारु गर्ने भनिएको प्रशिक्षण स्थगित गरेको छ ।
कोरोना भाईरसको महामारी कायम रहेपछि आर्सनलले मंगलबारबाट गर्ने भनिएको प्रशिक्षण स्थगित गरेको हो ।
मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोनाको संक्रमण देखिएपछि आर्सनलका खेलाडी १४ दिन आइसोलेसनमा रहेका थिए ।
आइसोलेसनमा रहदा अन्य खेलाडीमा कोरोनाको संक्रमण नदेखिएपछि आर्सनलले मंगलबारबाट प्रशिक्षण गर्ने योजना बनाएको थियो ।
तर, सरकारले कोरोना नियन्त्रण गर्न भन्दै बेलायत भर लकडाउन गरेपछि आर्सनलले प्रशिक्षण स्थगित गरेको हो ।
कोरोनाको कारण अप्रिल ३० सम्मका लागि बेलायतमा फुटबल गतिविधि बन्द गरिएको छ ।