एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका युवा फरवार्ड गाब्रियल मार्टीनेलीले आफु क्लबको लिजेण्ड बन्न चाहेको बताएका छन् ।
ब्राजिलका १८ वर्षे फरवार्डले क्लबका लागि च्याम्पियन्स लिग र अन्य उपाधि जित्दै क्लबको लिजेण्ड खेलाडी बन्न चाहेको बताएका हुन् ।
'म आर्सनलका समर्थकलाई खुसी बनाउन च्याम्पियन्स लिग र धेरै उपाधि जित्न चाहन्छु,' मार्टीनेलीले एक म्यागजिनसँग भनेका छन्, 'म क्लबलाई सबैकुरा दिन चाहन्छु । यसको नतिजा गनर्स लिजेण्ड हुनेछ ।'
युवा फरवार्ड मार्टीनेली सन् २०१९ मा आर्सनल आएका थिए ।
ब्राजिलका यू-२३ टिमका सदस्य मार्टीनेलीले क्लबका लागि १४ खेलमा ३ गोल गरिसकेका छन् ।
