एजेन्सी । वाईन रोनीले लिभरपुल प्रिमियर लिग उपाधिका लागि योग्य रहेको बताएका छन् ।
उनले लिगको घटुवा, बढुवा र युरोपियन च्याम्पियनसिपमा छनोट हुने प्रक्रिया पुरा हुनुपर्ने तर्क राख्दै लिभरपुल उपाधिको हकदार भएको उल्लेख गरेका हुन् ।
विश्वभर फैलिएको कोरोना भाईरसको कारण प्रिमियर लिगको बाँकी खेल अनिश्चित छ । प्रतियोगिता कम्तिमा मे २ सम्मका लागि स्थगित गरिएको छ ।
३० बर्षमा पहिलो पटक उपाधि नजिक पुगेको लिभरपुल मात्र ६ अंक पछाडी छ । म्यान्चेष्टर युनाईटेडका र एभर्टनका पुर्व फरवार्ड रोनीले लिभरपुल उपाधिको हकदार रहेको उल्लेख गर्दै सिजन रद्ध गर्न नहुने कुरामा जोड दिएका छन् ।

डर्बी काउन्ट्रीका कप्तानले प्रिमियर लिग अन्तिममा पुरा हुने विश्वास व्यक्त गर्दै कोरोनाका कारण अर्को सिजन सम्झौता गर्न सकिने उल्लेख गरे ।
'लिभरपुलले प्रिमियर लिग जित्न सक्छ । उनीहरु राम्रा छन् । उनीहरुले यसका लागि धेरै काम गरेका छन् । उनीहरु उपाधिका लागि योग्य छन् ।' रोनीले भनेका छन्, 'के तपाई ३० बर्ष प्रतिक्षा गरेको विश्वास गर्नुहुन्छ ? सहि निर्णय गर्न आवश्यक छ ।'
'यही कुरा घटुवा, बढुवा र च्याम्पियन्स लिग स्थानको सन्दर्भमा पनि सही छ । निष्पक्ष कुरा भनेको सिजन अन्त्य गर्नु हो । अर्को सिजन गुमाउनु परेपपनि हामीले प्रक्रिया पुरा गर्नुपर्छ ।' उनले भनेका छन् ।

'सन् २०२० को अन्त्यसम्म सिजन समाप्त भएपनि अचम्मित हुनेछैन । फुटबल जस्तै अरु उद्योग समेत अन्यौल अवस्थामा छ । सबैको सल्लाह सुन्नुपर्छ र सबै आवश्यक सावधानी अपनाउनुपर्छ । ढोका बन्द गर्नुअघि सिजनको अन्त्य हुनुपर्छ ।' रोनी दृढ देखिन्छन् ।