एजेन्सी । रोमाका मिडफिल्डर जाभियर पास्तोरीले सिरि ए फुटबलको सिजन सक्न असंम्भव हुने बताएका छन् ।
कोरोना भाईरसको महामारीको कारण सिरि एको यस सिजन सक्न कठिन हुने पास्तोरीको भनाई छ ।
ईटाली पछिल्लो दुई हप्ता यता लक डाउन छ । कोरोनाकै प्रभावका कारण सरकारले देशलाई लक डाउन गर्ने अवस्थामा पुगेको हो ।
कोरोनाकै कारण ईटालीमा करिब ५ हजार मानिसले ज्यान गुमाएका छन् ।
शनिबार मात्र एकै दिन ७ सय ९० जनाले ज्यान गुमाएका थिए । कोरोनाकै कारण विश्व खेलकुद बन्द अवस्थामा छ । सिरि समेत अप्रिलसम्मका लागि स्थगित गरिएको छ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले समेत युरो २०२० अर्को बर्षसम्मका लागि स्थगित गरेको जनाएको छ ।
ईटालीयन फुटबल संघ (एआईसी)का अध्यक्ष दामिनो तोमासीले सिरि ए मे वा जुनबाट सूचारु गर्न सकिने बिताएका थिए । तर पास्तोरीले यस सिजनका बाँकी खेल सुरु गर्न कठिन हुने धारणा राखेका छन् ।
'सिजनका बाँकी खेल खेल्ने वा नयाँ सुरु गर्ने भन्ने हो । ईमान्दारीताका साथ भन्नुपर्दा यस सिजन सकाउन असम्भव छ । फेरी तयार रहन मात्र हामीलाई २०–३० को समय आवश्यक पर्छ ।' अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडीले भनेका छन् ।
'सबै क्लबले पैसा गुमाएका छन् । सोही कारण सिजन सुरु हुन असम्भव देख्छु । सोही कारण अर्को सिजन सुरु गर्न उपयुक्त देख्छु ।' उनले भनेका छन् ।
साविक विजेता युभेन्ट्स सिरि ए को शीर्ष स्थानमा छ । एक अंक पछाडी लाजियो रहेको छ ।