एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस फरवार्ड एन्टोनी ग्रिजम्यानलाई बेच्ने भएको छ ।
स्पेनिस पत्रिका डियारिओ स्पोर्ट्सले यसै सिजन क्लब आएका ग्रिजम्यानलाई बार्सिलोनाले बेच्ने तयारी गरिरहेको खुलासा गरेको हो ।
बार्सिलोनाबाटै प्रकाशित हुने पत्रिका डियारिओले १०० मिलियन पाउण्ड माथिको प्रस्ताव आएमा ग्रिजम्यानलाई बेच्ने तयारी गरेको जनाएको छ ।
ग्रिजम्यानलाई बेचेर अर्का स्टार खेलाडी अनुबन्ध गर्ने बार्सिलोनाले योजना बनाएको पत्रिकाले दाबी गरेको छ ।
पछिल्लो समय नेयमार बार्सिलोना फर्कने चर्चा चलिरहेको समय ग्रिजम्यानको सरुवाको हल्ला चलेको हो ।
ग्रिजम्यान अनुबन्धका लागि इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड, चेल्सी र आर्सनलले चासो दिएको समेत बताईएको छ ।
ग्रिजम्यानले बार्सिलोनाका लागि ३७ खेलमा १४ गोल गरेका छन् । एट्लेटिको मड्रिडबाट बार्सिलोना आएपछि ग्रिजम्यानले सोचेजस्तो प्रदर्शन भने गर्न सकेका छैनन् ।